२ लाख ५० हजार घुससहित वडासदस्य पक्राउ
सारांश
- काठमाडौं, १३ पुस ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले २ लाख ५० हजार रुपैयाँ घुससहित वडासदस्यलाई पक्राउ गरेको छ ।
- बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
काठमाडौं, १३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले २ लाख ५० हजार रुपैयाँ घुससहित वडासदस्यलाई पक्राउ गरेको छ ।
बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
क्रसर उद्योग सिफारिश गर्न सहयोग दिलाइदिने भन्दै चौधरीले घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिनुभएको छ ।
कोठियाघाट नजिकै रहेको इच्छा होटलमा रकम लेनदेन भइरहेको अवस्थामा उनी गएराति पक्राउ परेका हुन् । उनलाई आजै अदालत लैजाने तयरी गरिएको गैरेले जानकारी दिनुभएको छ ।
(Tramadol)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया