स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्।
- युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्।
युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्।
माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन्। उनी सवार विमान अवतरण गर्ने क्रममा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराइएको थियो।
भीभीआईपी उडानका कारण नोटाम जारी गरी अन्य जहाजको उडान/अवतरण रोकिएको जानकारी गराइएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया