वडा सदस्यले होटलमा पुगेर घुस खाएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
वडा सदस्यले होटलमा पुगेर घुस खाएपछि…

सारांश

  • काठमाडौं ।
  • बर्दिया राजापुरका एक वडा सदस्यले २ लाख ५० हजार रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
  • राजापुर नगरपालिका वडा १० का वडा सदस्य उत्तम चौधरीले क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग घुस मागेका थिए ।

काठमाडौं । बर्दिया राजापुरका एक वडा सदस्यले २ लाख ५० हजार रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

राजापुर नगरपालिका वडा १० का वडा सदस्य उत्तम चौधरीले क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग घुस मागेका थिए ।

विभिन्न बहानामा घुस रकम मागेको भन्ने उजुरीको आधारमा अख्तियारको टोली खटिएको थियो ।
अख्तियार टोलीले वडा सदस्य उत्तम चौधरीलाई २ लाख ५० हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको बेला फेला पारेको बताएको छ ।

बर्दिया, कोठियाघाटको ईच्छा होटलबाट पुस १२ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ताले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?