विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
४१ पटक हेरिएको
Shares
विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन

सारांश

  • १ कात्तिक, काठमाडौं ।
  • विपदमा परेका रामेछापवासीहरुलाई सहयोग गर्ने उदेश्यले हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले आयोजना गरेको देउसी भैलो कार्यक्रममा ५ लाख ७७ हजार रुपैयाँ आर्थिक संकलन भएको छ ।
  • काठमाडौंस्थित गौरीशकंर पार्टी प्यालेमा दिपावलीको अवसरमा आयोजित कार्यक्रममा रामेछापबाट काठमाडौंमा आएर विभिन्न पेशा व्यवसायमा आबद्ध रामेछापवासीहरुले कोष स्थापनार्थ आर्थिक सहयोग गरेका हुन् ।

१ कात्तिक, काठमाडौं । विपदमा परेका रामेछापवासीहरुलाई सहयोग गर्ने उदेश्यले हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले आयोजना गरेको देउसी भैलो कार्यक्रममा ५ लाख ७७ हजार रुपैयाँ आर्थिक संकलन भएको छ ।

काठमाडौंस्थित गौरीशकंर पार्टी प्यालेमा दिपावलीको अवसरमा आयोजित कार्यक्रममा रामेछापबाट काठमाडौंमा आएर विभिन्न पेशा व्यवसायमा आबद्ध रामेछापवासीहरुले कोष स्थापनार्थ आर्थिक सहयोग गरेका हुन् ।

हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले विपदमा परेका रामेछापवासीहरुलाई सहयोग गर्ने उदेश्यले विपद् व्यवस्थापन कोष स्थापना गरेको हो ।

देउसी भैलो कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले कोष स्थापनार्थ गाउँपालिको तर्फबाट ९९ हजार ९ सय ९९ रुपैयाँ,नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले ६७ हजार रुपैयाँ, फाइभ फिङगर कन्ट्रक्सन प्रालिका अध्यक्ष बिबि तामाङले ५५ हजार पाँच सय, पाली ओरर्सिज प्रालिका दिपक मोक्तानले ५५ हजार रुपैयाँ, सुनापति कन्ट्रक्सनका अध्यक्ष बबुरमान मोक्तानले ५५ हजार रुपैयाँ, समाजसेवी गणेश घिसिङले ५५ हजार रुपैयाँ, हिलेदवी निवासी समाजसेवी आले लामाले ५० हजार ५ सय रुपैयाँ, समाजसेवी रामकृष्ण खत्रीले २५ हजार रुपैया, माओवादी नेता टंकलाल घिसिङ ‘टकल’ले २२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।

कोष स्थापना गर्नको लागि देउसी भैलो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, संघ संस्था र व्यक्तिहरुले कोष स्थापना गर्नको लागि आर्थिक सहयोग प्रदान गरेका थिए ।

हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङले आगामी दिनमा विपदमा परेका रामेछापवासीहरुको अवस्था हेरेर आर्थिक सहयोग गर्ने बताए । उनले कोषमा आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरुले पनि सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?