संखुवासभा हत्या प्रकरणः आफन्तबाटै हत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २६, २०७८
|
|
६२ पटक हेरिएको
Shares
संखुवासभा हत्या प्रकरणः आफन्तबाटै हत्या

सारांश

  • १३ दिने परिवारभित्रका काका तेजबहादुर कार्कीसँगको रिसले लोकबहादुर कार्कीले परिवारका ६ जनाको हत्या गरेको खुलेको छ ।
  • प्रहरीसँगको बयानमा २६ वर्षीय लोकबहादुर कार्कीले आफूलाई जहिल्यै हेप्ने गरेकाले आवेगमा तेजबहादुरको हत्या गरेको भनेका छन् ।
  • २१ भाद्रको विहानै पाँच बजे खेताला खोज्न हिंडेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा ह्यामरले हिर्काएर हत्या गरेका थिए ।

१३ दिने परिवारभित्रका काका तेजबहादुर कार्कीसँगको रिसले लोकबहादुर कार्कीले परिवारका ६ जनाको हत्या गरेको खुलेको छ । प्रहरीसँगको बयानमा २६ वर्षीय लोकबहादुर कार्कीले आफूलाई जहिल्यै हेप्ने गरेकाले आवेगमा तेजबहादुरको हत्या गरेको भनेका छन् ।

२१ भाद्रको विहानै पाँच बजे खेताला खोज्न हिंडेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा ह्यामरले हिर्काएर हत्या गरेका थिए । ह्यामरले हिर्काउँदा तेजबहादुर चिच्याएपछि परिवारका अन्य सदस्य पनि आएका थिए ।

तेजबहादुरकी पत्नी कमला कार्की र बुहारी रञ्जना कार्कीले हत्या गरेको देखेपछि दौडदै आएको र उनीहरुको पनि हत्या गरेका बयान दिएका छन् । दुवैलाई ह्यामरले हिर्काएका थिए । यो दृश्य ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीले पनि देखेपछि उनीहरुको पनि हत्या गरेका थिए ।

हत्या गर्न खोज्दा विपिन र गोमा भागेका थिए । उनीहरुको लखेटेर हत्या गरेको बयान लोकबहादुरले दिएको प्रहरीले जानकारी दिएको छ । त्यसपछि घरमा बसेकी ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या गरेका थिए । बुद्धमान कार्की कान नसुन्ने भएकाले केही थाहानपाएकाले छाडिदिएका थिए ।

लोकबहादुरले तेजबहादुरमाथि आफ्नी आमाको हत्या गरेको आशंका समेत गरेका थिए । तेजबहादुरकै घरमा उनकी आमा लडेको कारण आशंका गरेका थिए । पछि उपचारका क्रममा आमाको मृत्यु भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा तेजबहादुरको घरमा रगत लागेको सर्ट र हत्यामा प्रयोग भएको ह्यामर फेला परेको थियो । सबै प्रमाण संकलन गरेपछि तेजबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मानसिक रोगी भएको भनिएका लोकबहादुरले औषधी सेवन गर्दै आएको खुलेको छ ।

संखुवासभाको मादी नगरपालिकास्थित उम्लिङमा २१ भाद्रमा एकै परिवारका छजनाको हत्या भएको थियो । घरमूली ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्र जिवित भेटिएका थिए । बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृत फेला परेका थिए ।

पार्वतीको शव घरमा नै फेला परेको थियो । तेजबहादुरको शव रोडको भित्तामा, कमला र रञ्जनाको शव खोलामा भेटिएको थियो । विपिन र गोमाको शव एक किलोमिटर टाढा बारीमा मृत फेला परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिने न्यायाधीश सर्वोच्च अदालतमा !
नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिने न्यायाधीश सर्वोच्च अदालतमा !
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
कुन नेताको मतदान केन्द्र कहाँ ?
कुन नेताको मतदान केन्द्र कहाँ ?
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
आरोही धमाधम हिमालतिर
आरोही धमाधम हिमालतिर
ओली-प्रचण्ड भेटवार्ता सुरु : के विषयमा होला छलफल ?
ओली-प्रचण्ड भेटवार्ता सुरु : के विषयमा होला छलफल ?
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु