प्रचण्ड र रविप्रति आक्रोशित हुँदै ओलीले भने–समय सिद्धियो भने पखेटा पलाउँछ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ३, २०८१
|
१
|
५८ पटक हेरिएको
Shares
प्रचण्ड र रविप्रति आक्रोशित हुँदै ओलीले भने–समय सिद्धियो भने पखेटा पलाउँछ

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शाही राजाहरुको जस्तै गल्ती दोहोर्याउन खोजेको बताएका छन्।
  • नेपाल उत्पीडित जातीय मुक्ति समाजको १३औं स्थापना दिवसको सन्दर्भमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिले महेन्द्रको पालामा दलका नेताहरुलाई अराष्ट्रिय तत्व, भ्रष्टाचारी भनेर आरोप लगाउने गरिएको र सो प्रवृत्ति प्रचण्ड-रवि सरकारमा पनि देखिएको बताए।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शाही राजाहरुको जस्तै गल्ती दोहोर्याउन खोजेको बताएका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको १३औं स्थापना दिवसको सन्दर्भमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिले महेन्द्रको पालामा दलका नेताहरुलाई अराष्ट्रिय तत्व, भ्रष्टाचारी भनेर आरोप लगाउने गरिएको र सो प्रवृत्ति प्रचण्ड-रवि सरकारमा पनि देखिएको बताए।

उनले तत्कालीन समयमा बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि राजाले थुनामा राखेको प्रसंग उल्लेख गर्दे भने, ‘पहिले महेन्द्रको पालामा दलका नेताहरुलाई अराष्ट्रिय तत्व, भ्रष्टाचारी भनेर आरोप लगाइन्थ्यो। यो कुरा अस्ती प्रचण्ड–रविवाला सरकार हुँदा पनि त्यस्तै उनीहरुले दोहोर्याउन खोजे।’

साथै, उनले प्रचण्ड–लामिछानेलाई कमिलाको संज्ञा दिए । उनले कमिलाका समय सिद्धिएर पखेटा पलाएको र आकाशमा उड्न थालेपछि कांग्रेस–एमाले मिलेको बताए । उनले भने, ‘कमिलाको समय सिद्धियो भने पखेटा पलाउँछ । अनि प्वालबाट निस्किएर फ्टफ्याट उड्छ, माथि चरो हुन्छ । हुलै चाराहरु आएर टप्पटप्प पार्छन् ।

यिनीहरुले जथाभावी बोल्न थाले, जथाभावी गर्न थाले । अस्थिरता, अन्यौता, भ्रष्टाचारको कुनै सीमा रहेन । एमालेजस्तो पार्टी, कांग्रेसजस्तो पार्टी हुँदाहुँदै कसको के नाँच यो ? जनताले भन्न थाले । त्यसपछि हामीले यो साह्रै भएर सच्याउनुपर्यो भनेर अहिलेको संयुक्त सरकार बनाायौं ।’

साथै, प्रचण्ड नेतृत्वको तत्कालीन सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेपछि कांग्रेस–एमाले मिलेर सरकार बनाउन परेको पनि ओलीले दाबी गरे । वर्तमान सरकारलाई माओवादी र रास्वपाले सरापीरहेको उनले बताए । तर, माओवादी र रास्वपाले सरापेको भरमा सरकार नढल्ने उनको दाबी छ ।

‘सरापेको सराप्यै छन् । सरापले मर्ने होईन । झिँगाले त सरापिरहन्छ । मेरे हुन्थ्यो भनेर, यो देख्न पाउँदैन डिँगाले भन्छ, दशैं देख्न पाउँदैन, तिहार देख्न पाउँदैन भन्दै जान्छ । तर, त्यस्तो हुने होईन । अहिले दुईवटा पार्टीले संकल्प गरेका छन्, यो देशलाई अब ठीक बाटोमा अगाडि बढाएर छोड्ने, स्थिरता, स्थायित्व ल्याएर छोड्ने, कायम गरेर छोड्ने, सुशासन र विकास फेरि फर्काएर यस देशलाई विकासको बाटोमा तीब्र ढंगले अगाडि बढाउने, समृद्ध नेपाल, सुखी नेपालीको जनताको आकांक्षा पुरा गरेर छाड्ने,’–उनले भने ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Δημιουργα λογαριασμο Binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?