मोदी र ओलीले मात्रै नेपालको विकास गर्न सक्छन् : लालबाबु राउत(भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मोदी र ओलीले मात्रै नेपालको विकास गर्न सक्छन् : लालबाबु राउत(भिडियोसहित)

सारांश

  • मंसिर २४, काठमाण्डौ ।
  • प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
  • प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले मधेशको विकासमा मोदीको भूमिका अझ बढि महत्व हुने बताए ।

मंसिर २४, काठमाण्डौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले मधेशको विकासमा मोदीको भूमिका अझ बढि महत्व हुने बताए ।

केही समय अघि मोदी जनकपुर आएपछि गरेको सहयोगले आफूहरु खुशी भएको उनको भनाई थियो ।

राम जानकी विवाह पञ्चमीका लागि योगि आदित्यनाथ आएपछि पर्यटन क्षेत्रको विकासमा अझ सहयोग पुग्ने राउतको विश्वास छ ।

त्यसैगरी राउतले प्रधानमन्त्री केपी ओलीको पनि प्रशंसा गर्दै विकासको बाटो खुलाउने प्रयासमा सबैले साथ दिनुपर्ने बताए ।

प्रदेश र संघबीचको विवाद पनि अन्तर प्रदेश परिषदको बैठकपछि अन्त्य भएको उनको जिकिर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?