शून्य समय – महिला हिंसा नियन्त्रण गर्न माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
शून्य समय – महिला हिंसा नियन्त्रण गर्न माग

सारांश

  • काठमाडौँ, २ असोज ।
  • प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

काठमाडौँ, २ असोज । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्मलाको हत्या भएको लामो समय भइसक्दा पनि दोषीलाई कारवाही गर्न नसक्दा कानूनी शासन र सरकारको सामथ्र्यमाथि नै प्रश्न खडा भएको बताउनुभयो । बैठकमा सांसद बसन्तकुमार नेम्वाङले संविधान कार्यान्वयन गर्न मौलिक हक कार्यान्वयनका लागि आवश्यक विधेयक पारित भएकोमा खुशी व्यक्त गर्दै अब विकास निर्माणतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सांसद बिन्दा पाण्डेले मौलिक हकको कार्यान्वयनले अन्य वर्ग र समुदायसँगै महिलालाई पनि विशेष अधिकार प्रदान गर्ने भन्दै यसले महिला हिंसामा कमी आउने बताउनुभयो । सांसद विमला विश्वकर्माले सुखी नेपाली समृद्ध नेपालको मूल उद्देश्य प्राप्तिका लागि अब आर्थिक र विकास निर्माणका काम समयमै गर्न बजेट निकास हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद विशाल भट्टराईले खोटाङको जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारको कमी हँुदा जनताको उपचारमा समस्या देखिएको अवगत गराउँदै अस्पतालमा ५० श्ययाको व्यवस्था गर्न माग गर्नुभयो । सांसद शान्ता चौधरीले सरकारमाथि आलोचना गर्न साना विषयलाई पनि पहाड बनाइएको भन्दै सरकारमाथि चौतर्फी आक्रमण भएको टिप्पणी गर्नुभयो ।

सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै सो क्षेत्रअन्तर्गत बाटोमा पर्ने केही पुल चाँडो बनाउन माग गर्नुभयो । सांसद सत्यनारायण शर्मा कुमालले निर्मला पन्तको हत्याका दोषी पत्ता लगाउन ढिलाइ भएको भन्दै न्यायका लागि निर्मलाका बुबाआमाले प्रधानमन्त्रीलाई भेट्नुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्नुभयो ।

सांसद सरिताकुमारी गिरीले सप्तरीमा हङकङ स्वाइनफ्लुबाट बालबालिकाको मृत्यु भएको बताउँदै त्यसको नियन्त्रणका लागि सरकारसँग माग गर्नुभयो । सांसद सञ्जयकुमार गौतमले बर्दियामा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जनता बाघ, हात्ती र गैँडाको आक्रमणबाट पीडित भएको भन्दै विद्युतीय तारबारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । बैठकमा सांसद हरिराज अधिकारी, हितबहादुर तामाङ, ज्ञानकुमारी छन्त्याल, सरिता गिरी, सुरेन्द्रकुमार कार्की, सूर्यप्रसाद पाठक, बोधमायाकुमारी यादव, सत्य पहाडीलगायतले आ–आफ्ना जिल्ला र क्षेत्रका समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“सरकारी छाप र हस्ताक्षरकीर्तेको  ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
“सरकारी छाप र हस्ताक्षरकीर्तेको ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो
क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो
के पारस क्यानको निलम्बन फुकुवाले खुसी छैनन्? खेल्छु भन्ने नखेल्ने किन गर्छन्?
के पारस क्यानको निलम्बन फुकुवाले खुसी छैनन्? खेल्छु भन्ने नखेल्ने किन गर्छन्?
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ  : उपप्रधानमन्त्री श्रेष्ठ
मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
बढुवाको जाम खोल्दै आईजीपी, एआईजीको दरबन्दी घट्ने
बढुवाको जाम खोल्दै आईजीपी, एआईजीको दरबन्दी घट्ने
उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक
उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
इतिहास रच्दै चार महिला डीआइजी बन्दै
इतिहास रच्दै चार महिला डीआइजी बन्दै
माछापुच्छ्रे«लाई कुमारी रहन दिने कि नदिने ?
माछापुच्छ्रे«लाई कुमारी रहन दिने कि नदिने ?