जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२४ पटक हेरिएको
Shares
जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तत्कालिन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी आन्दोलनमा सरकारले बल प्रयोग गर्न नभनेको स्पष्ट पारेका छन् ।
  • जेनजी आन्दोलनपछि आज पहिलोपटक मिडियासामु उपस्थित् भएका लेखकले उक्त घट्नाको विषयमा चर्चा गर्दै दुःख व्यक्त गरेका हुन्।

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तत्कालिन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी आन्दोलनमा सरकारले बल प्रयोग गर्न नभनेको स्पष्ट पारेका छन् ।

जेनजी आन्दोलनपछि आज पहिलोपटक मिडियासामु उपस्थित् भएका लेखकले उक्त घट्नाको विषयमा चर्चा गर्दै दुःख व्यक्त गरेका हुन्। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘दुःखद् घट्ना भएपछि भदौ २३ गते राजीनामा दिएका थिएँ । बल प्रयोग गर्ने विषयमा तत्कालिन प्रधानमन्त्री र तत्कालिन गृहमन्त्रीले आदेश गरेको विषय उठेको छ, यी विषयहरुमा आदेश दिने विषय होईन, कुनै त्यस्तो बल प्रयोग गर्ने भनिएको छैन । प्रधानमन्त्री र मेरो तर्फबाट त्यस्तो आदेश दिईएको थिएन । घट्ना दुःखद भयो । धेरै मानिसको ज्यान गयो । सरकारी संरचना आगजनी भयो । मलाइ गहिरो पीडा भयो । तत्काल मन्त्री पदबाट राजीनामा गरेको विदितै छ ।’

जेनजी पुस्ताले उठाएका मागहरुलाई सम्बोधन गरिनुपर्ने उनको मत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?