ओलीको भीम रावलमाथि व्यङ्ग्यः ‘‘तिनलाई श्रीमतीले कसरी खान दिइन् होला ?”

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १९, २०७७
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलको कडा आलोचना गरेका छन् ।
  • उनले रावलले आफूमाथि महिलाको किड्नी हालेकाले दिमाग बिग्रिएको भनी अभिव्यक्रि दिएको आरोप लगाउँदै यसबाट महिलाको अपमान भएको टिप्पणी गरेका हुन् ।
  • ‘महिलाको किड्नीले केपी ओलीको दिमाग बिग्रियो भन्नेलाई महिलाले नै जन्माएकीले जन्मजात दिमाग बिग्रिएको हुनुपर्छ,’ नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका अध्यक्ष समेत रहेका ओलीले अनेरास्ववियूको कार्यकर्ता भेलामा भीम रावलप्रति व्यङ्ग्य गर्दै भने, ‘तिनलाई श्रीमतीले घरमा कसरी खान दिइन् होला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलको कडा आलोचना गरेका छन् । उनले रावलले आफूमाथि महिलाको किड्नी हालेकाले दिमाग बिग्रिएको भनी अभिव्यक्रि दिएको आरोप लगाउँदै यसबाट महिलाको अपमान भएको टिप्पणी गरेका हुन् ।

‘महिलाको किड्नीले केपी ओलीको दिमाग बिग्रियो भन्नेलाई महिलाले नै जन्माएकीले जन्मजात दिमाग बिग्रिएको हुनुपर्छ,’ नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका अध्यक्ष समेत रहेका ओलीले अनेरास्ववियूको कार्यकर्ता भेलामा भीम रावलप्रति व्यङ्ग्य गर्दै भने, ‘तिनलाई श्रीमतीले घरमा कसरी खान दिइन् होला ? छरछिमेकका दिदीबहिनीका अगाडि कसरी अनुहार देखाए होलान् ?’

यसअघि भीम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको खबरहरु सार्वजनिक भएका थिए । तर, रावलले यसलाई कुप्रचार भन्दै आपत्ती जनाइसकेका छन् ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नारावाजी भएकोमा समेत असन्तुष्टि पोखे । उनले प्रश्न गरे,‘देशले देशभक्त, सालिन र भद्र महिला राष्ट्रपति पाएको छ, उहाँको इज्जतमाथि धावा बोल्ने ?’ भण्डारीवरुद्ध नारावाजी गर्नेलाई सरम हुनुपर्छ भन्दै मर्यादा राख्न भने । उनले प्रचण्ड समूहतर्फ व्यङ्ग्य गर्दै थपे,‘यो उनीहरुको संस्कार हो ।’

प्रधानमन्त्री ओलीले नेकपाको अर्को समूहका अध्यक्ष माधवकुमार नेपालले जाति विशेषलाई होच्याएको भन्दै व्यङ्ग्य गरे । ‘मरेपछि के राजा भनी जातीय आधारमा होच्याउने ?’ उनले जातीय, क्षेत्रीय र भौगोलिक आधारमा होच्याउने कुनैपनि कदम स्वीकार्य नहुने बताए ।

उनले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गर्दै किर्ते कामको साक्षी बसेको बताए । उनले भने,‘सभामुख जस्तो मान्छे किर्ते कामको साक्षी बस्ने ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रममा केही राम्रा विषय छुटेका छन् : यादव
नीति तथा कार्यक्रममा केही राम्रा विषय छुटेका छन् : यादव
गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन
कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?
कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
बेइजिङमा सम्झौता हुँदा ल्हासाका नेपाली यसकारण खुशी
बेइजिङमा सम्झौता हुँदा ल्हासाका नेपाली यसकारण खुशी

तपाईंले छुटाउनुभयो कि?