जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
४३ पटक हेरिएको
Shares
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा

सारांश

  • काठमाडाैँ ।
  • जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ ।
  • आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो ।

काठमाडाैँ । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो ।

आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बोकेर कार्यालयभित्र छिरेका छन् । उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा आन्दोलन गरेको थियो । जस क्रममा सरकारले उनीहरूमाथि दमन गरेको र भदौ २४ गते आन्दोलनकारीहरूले विध्वंश मच्चाएको बारेमा अनुसन्धान गर्न आयोग गठन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?