नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र

सारांश

  • असार ११, चितवन।
  • मुग्लिङ्ग नारायणगढ सडक खुलेको ५ घण्टा नपुग्दै कालीखोलामा ठुलो पहिरो गएको छ ।
  • पहिरोजाँंदा सो बाटोबाट गुड्ने सयौं सवारीहरु जममा परेका छन भने हजारौं यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यलय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो।

असार ११, चितवन। मुग्लिङ्ग नारायणगढ सडक खुलेको ५ घण्टा नपुग्दै कालीखोलामा ठुलो पहिरो गएको छ ।पहिरोजाँंदा सो बाटोबाट गुड्ने सयौं सवारीहरु जममा परेका छन भने हजारौं यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यलय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो।उहांँका अनुसार आज करीब अपरान्ह ३ बजे सो ठाउंँमा पहिरो जादा बाटो पुर्ण रुपमा अबरुद भएको हो । बाटो अवरुद्ध भएपनि भौतिक एवं मानवीय क्षत्ती नभएको प्रहरीले जनाएको छ। गएराती ९ बजे कालीखोला लगायत ४ ठाउंँमा पहिरो गएको थियो। पहिरो आज बिहान ९ बजेमात्र पन्छाई सवारी आगमनलाई सहज बनाईएको थियो । पहिरो गएसंगै पन्छाउने कामलाइ समेत निरन्तरता दिइएको प्रहरीको भनाई छ ।

यसैबीच दुइ दिन अघिमात्र सोही ठाउंँमा गएको पहिरोमा परी प्रहरी भ्यानसहित चारजना प्रहरी मध्ये आज एक जना प्रहरी जवान लाल बहादुर चेपाङ्गको शव नवलपरासीको दलदलेमा पानीमा बगिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो भ्यानमा सवार अर्का एकजना प्रहरीको अवस्था अज्ञात रहेतापनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सो नारायणगढ मुग्लिङ्ग सडक खण्डमा दैनिक झण्डै १० हजार सवारी साधन आवत जावत गर्दछन। सो सडकखण्डको पुर्ननिर्माणको काम चलिरहेको छ ।
सुर्य प्रसाद अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?