अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०८२
|
|
६७ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त

सारांश

  • काठमाडौं।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन्।
  • उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन्।

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन्। उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन्। इजरायलमा हाल हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ प्रक्रिया जारी छ।

ट्रम्पको आगमनको पूर्वसन्ध्यामा, एक ड्रोनले तेल अविभको समुद्री किनारमा ट्रम्पको स्यालुट र ‘थ्यांक यू’ लेखिएको दृश्य देखाएको थियो। उनको स्वागतमा जनताले पोस्टरहरू पनि उठाएका थिए।

आई २४ न्यूज इजरायलका अनुसाार २० जीवित बन्धकमध्ये पहिलो सात जनालाई रेड क्रसले उत्तरी गाजामा इजरायली सेनालाई सुपुर्द गरेका छन ्। टाइम्स अफ इजरायलका अनुसार, बन्धकहरूको रिहाइको खबर सुन्दै होस्टेज स्क्वायरमा भिडले ठूलो खुशीयाली मनाएको थियो।

रिहा भएका सात बन्धकमा गाली र जिभ बर्मन, मातान एंग्रेस्ट, अलोन ओहल, ओम्री मिरान, ईतान मोर र गाइ गिल्बोआ–डलल समावेश छन्। रिपोर्ट अनुसार उनीहरू छोटो मानसिक मूल्याङ्कनको लागि लैजाने तयारी छ।

सोमबार बिहान, हामासले दुई वर्षको कैदपछि २० जीवित बन्धकको समूह रिहा गर्न तयारी गर्दा इजरायलभर जनताहरु सडक, सार्वजनिक स्क्वायर र सैनिक बेसहरूमा जम्मा भएका थिए। तेल अविभको होस्टेज स्क्वायर र गाजा सीमावर्ती दक्षिण इजरायलमा सयौं मानिसहरू झण्डा बोकेर र बन्धकहरूको फोटोसहित उपस्थित भएका थिए।

रिहा हुने बन्धकहरूलाई स्ट्रिपबाट रिइम नजिकको सैनिक सुविधामा लगेर प्रारम्भिक शारीरिक तथा मानसिक जाँच गरिने र परिवारसँग भेट गराइनेछ। इजरायली प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी साराले लेखेको व्यक्तिगत सन्देश सार्वजनिक गरेको छ।

बन्धकहरूको रिहाइको सम्झौताअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार, इजरायलले करिब २,००० प्यालेस्टिनियन बन्दीहरू रिहा गर्नेछ र गाजामा ‘पूर्ण सहायता’तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्नेछ, जहाँ केही क्षेत्रहरूमा खाद्यान्न अभाव र भोकमरीको समस्या देखिएको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Marion2899

    Comment Author

    Morgan3723

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?