खुम्चँदै महिला तथा बालबालिका विभाग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
४६ पटक हेरिएको
Shares
खुम्चँदै महिला तथा बालबालिका विभाग

सारांश

  • स्थानीयस्तरमा महिलाका संरक्षण र सशक्तीकरणको जिम्मेवारी स्थानीय तहको भएसँगै महिला तथा बालबालिका विभाग खुम्चिँदै गएको छ ।
  • विभागको भवन र जनशक्ति दुबै खुम्चन थालेको हो।
  • अहिले विभागमा कर्मचारीको सङ्ख्या न्यून रहेको विभागका निर्देशक अनिता अधिकारीले बताउनुभयो ।
स्थानीयस्तरमा महिलाका संरक्षण र सशक्तीकरणको जिम्मेवारी स्थानीय तहको भएसँगै महिला तथा बालबालिका विभाग खुम्चिँदै गएको छ । विभागको भवन र जनशक्ति दुबै खुम्चन थालेको हो।
अहिले विभागमा कर्मचारीको सङ्ख्या न्यून रहेको विभागका निर्देशक अनिता अधिकारीले बताउनुभयो । विभागमा अहिले दरबन्दी नै कम रहेको र दरबन्दी भन्दा अझै कम जनशक्ति कार्यरत रहेका छन् । विभागमा अहिले १६ जना मात्रै कार्यरत छन् ।
विभागमा १९ जनाको दरबन्दी रहेकामा त्योभन्दा तीन जना कम कार्यरत छन् । गत वर्षसम्म ५४ जनाको दरबन्दी रहेकामा अहिले कम भएको उहाँले बताउनुभयो । विभागले पहिले जिल्लास्थित महिला तथा बालबालिका कार्यालयमार्फत स्थानीयस्तरमा महिलाका हितमा काम गर्ने गरेको उहाँले बताउनुभयो ।
जिल्लास्तरीय कार्यालयले त्यहाँका सहकारी र महिला समूहमार्फत महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरे पनि अहिले त्यो अलपत्र अवस्थामा रहेको छ । उहाँले भन्नुभयो,“कुनै स्थानीय तह सक्षम भए पनि कुनै स्थानीय तह सक्षम भइनसकेको हामीले पाएका छौँ ।”
विभागको भवनमा अहिले राष्ट्रिय बालकल्याण परिषद्समेत रहेको छ । विभागको अनुगमनका लागि गत साता हरिहर भवन पुग्नुभएका महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले विभागलाई खारेज हुन नदिने बताउनुभएको थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँका यी स्थानमा आज लोडसेडिङ
काठमाडौँका यी स्थानमा आज लोडसेडिङ
देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु चारो हाले सरह हो
देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु चारो हाले सरह हो
सांसद अरुण चौधरी कारागार चलान
सांसद अरुण चौधरी कारागार चलान
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई १५ दिनभित्र पदमुक्त गर्ने चेतावनी
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई १५ दिनभित्र पदमुक्त गर्ने चेतावनी
तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइने
तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइने
मेयर विरुद्ध उपमेयर अनसनमा, नगरपालिका कहाँ राख्ने भन्ने विवाद
मेयर विरुद्ध उपमेयर अनसनमा, नगरपालिका कहाँ राख्ने भन्ने विवाद
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
२ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएपछि…
२ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएपछि…
डुम्रे–बेँसीसहर सडक दुई लेनको बन्दै
डुम्रे–बेँसीसहर सडक दुई लेनको बन्दै