अर्घाखाँची,इलाम,बुटवल,ताप्लेजुङ,प्यूठान को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
अर्घाखाँची,इलाम,बुटवल,ताप्लेजुङ,प्यूठान को ताजा पारीणाम

सारांश

  • अर्घाखाँची : कांग्रेस, एमाले र जनमोर्चा एक/एक स्थानमा अघि, एक नगरपालिकामा कांग्रेस एमालेको बराबरी   अर्घाखाँचीका ६ स्थानीय तहको मतगणना जारी रहेको छ ।
  • चार तहको प्रारम्भिक मत परिणाम अनुसार स्थानमा २ स्थानमा कांग्रेस, १ स्थानमा एमाले र १ स्थानमा राष्ट्रिय जनमोर्चा अगाडि छ ।
  • शितगंगा नगरपालिकामा एमाले र कांग्रेसको मेयर पदमा बराबर मत आएको छ ।
अर्घाखाँची : कांग्रेस, एमाले र जनमोर्चा एक/एक स्थानमा अघि, एक नगरपालिकामा कांग्रेस एमालेको बराबरी

 

अर्घाखाँचीका ६ स्थानीय तहको मतगणना जारी रहेको छ । चार तहको प्रारम्भिक मत परिणाम अनुसार स्थानमा २ स्थानमा कांग्रेस, १ स्थानमा एमाले र १ स्थानमा राष्ट्रिय जनमोर्चा अगाडि छ ।

शितगंगा नगरपालिकामा एमाले र कांग्रेसको मेयर पदमा बराबर मत आएको छ । कांग्रेस माओवादी गठबन्धनका सूर्य अधिकारीले ३७६ र एमालेका  बसन्त श्रेष्ठले ३७६ बराबर मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेका गीता भाटले ३९२ र माओवादीका टिका रेस्मीले २९५ मत प्राप्त गर्नुभएको छ ।

छत्रदेव गाँउपालिकामा प्रमुखमा कांग्रेसका लेखनाथ पोख्रेलले ३३० र उपप्रमुखमा तुलसादेवी श्रेष्ठले ३३९ मतका साथ अग्रता कायम गरेका छन् । जसमा एमालेका ऋिषि अधिकारीले ३०१ र उपप्रमुखमा  मनिषा पन्थीले २७१ मतका साथ पछयइरहनुभएको छ ।

भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता कायम गरेको छ । राष्ट्रिय जनमोर्चाका मेयरका कबिराम खनालले ८८, उपमेयरमा सकुन्तला थापाको ७९ मत आएको छ । मेयरमा एमालेका पिताम्बर भुसालले ६६, उपमेयरमा सुनिता बेल्बासेले ६८, कांग्रेस माओवादी गठबन्धनका प्रमुखका उम्मेदवार रेशम थापाले ३७ र उपमेयरमा खडानन्द बेल्बासेले ४५ मत प्राप्त गर्नुभएको छ ।

मालारानी गाँउपालिकामा प्रमुखमा एमालेका बालकृष्ण अधिकारीले १५३ र का्रंगेस माओवादी गठबन्धनका पदम क्षेत्रीले ११५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेकी प्रमिला क्षेत्रीले १४८ र कांग्रेसका शान्ता खनालले १०८ मत प्राप्त गर्नुभएको छ ।

इलाम नगरपालिकामा नेकपा एमालेको अग्रता

  इलामको इलाम नगरपालिकाका मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेका मेयर उम्मेदवार महेश वस्नेत ६५ मत ल्याएर अग्रता लिनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमालय कर्मचार्यले ५९ मत प्राप्त गर्नु भएको छ । यस्तै नेकपा माओवादी केन्द्रका छविलाल आचार्य (प्रभाष) ले २० मत ल्याउनु भएको छ ।

उपमेयरमा एमालेकी शुशिला नेम्वाङले ६१ मत, नेपाली काग्रेसका चन्दा कार्कीले ५५ मत पाउनुभएको छ भने नेकपा माओवादी केन्द्रका प्रेमकुमारी गुरुङले ३० मत पाउनु भएको छ ।

३० हजार ६ सय १८ जना मतदाता रहेको नगरपालिकामा ६२ जना जनप्रतिनिधि छनौट हुनेछन् ।

बुटवल उपमहानगरमा कडा टक्कर,पछिल्लो अवस्था यस्तो छ

 बुटवल उपमहानगरपालिकाको मतगणना जारी छ । वुटवलमा एमाले एक्लै चुनावी मैदानमा छ भने, माओवादी र नेपाली कांग्रेसले तालमेल गरेका छन् । पछिल्लो परिणामअनुसार माओवादी कांग्रेस गठबन्धनका मेयर खेलराज पाण्डेयले ७ सय ११ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले ४ सय ६४ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी गोमा अचार्यले ५ सय २८ र माओवादीका जगत पोख्रेलले ४ सय ९५ मत पाएका छन् ।

ताप्लेजुङका सात स्थानीय तहमा एमाले अघि, एकमा कांग्रेस

ताप्लेजुङका ९ वटा स्थानीय तहमध्ये ८ वटामा मत गणना भइरहेको छ । गणना भइरहेको आठ मध्ये सातवटामा एमालेले अग्रता कायम गरेको छ भने एउटा मात्र स्थानीय तहमा कांग्रेसको अग्रता छ ।

फुङलिङ नगरपालिकामा एमालेको अग्रता कायम छ । एमालेका उम्मेदवार छत्रपति प्याकुरेलले १९५ मत प्राप्त गरेका छन् । काग्रेसका मेयरका उम्मेदवार केशव प्रसाद दाहालले १२८ मत र संघिय लिम्बूवान मंञ्चका कृतीमान मादेनले ६५ मत प्राप्त गरेका छन् । मेयरका स्वतन्त्र उम्मेद्वार छविन्द्र गुरुङले १ मत ल्याएका छन् ।

खगेन्द्र पोर्तेलले मत ल्याएका छैनन् । उपमेयरमा एमालेका विमला सुब्बा १७१ मत,नेकपा माओवादी केन्द्रका बम बहादुर भट्टराई तारा ९९ र राप्रपाका अमिर मादेनले ८७ मत ल्याएका छन् । नयाँ शक्तिका उम्मेदवार कृष्ण शङकरले ५ मत ल्याएका छन् । वडाअध्यक्षमा एमालेका पदम सुनुवार २०९ र माओवादी केन्द्रका दिल कुमार मादेनले १५३ मत ल्याएका छन् । हाल मतगणना वडा नं. १ को मात्र भैरहेको छु । कुल ५ सय २० मत खसेको छ ।

मैवाखोला गाउँपालिकामा पनि एमालेमा उम्मेद्वार राजन थक्लुङले १४९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । गाउँपालिका प्रमुखमा काग्रेसका डम्बर चोङवाङले १०१ मत र नेकपा माओवादी केन्द्रका नविन वनेमले ७२ मत ल्याएका छन् । राप्रपाका बेनु प्रसाद श्रेष्ठले ५ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी कौशिला लिम्बू थक्लुङले ६७ मतसहित प्रारम्भिक अग्रता लिएका छन् । काग्रेसकी सृजना लिम्बूले ४३ र नेकपा माओवादी केन्द्रकी सुस्मिता वनेमले २२ मत ल्याएकी छन् ।

यता मेरिङ्देन गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार मंगलसिंह केदमले ४१९ मत ल्याएका छन् । काग्रेसका अध्यक्ष  पदका गणेश प्रसाद चोङवाङले २५१ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा एमालेका कल्पना सामेखामले ४३५ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार भिम केदेमले ९२ मत ल्याएका छन् । वार्ड नं. ६ नाल्बुको मतगणना सकिएको छ ।

एमालेको प्यानलनै विजयी भएको छ  नेकपा एमालेका उम्मेद्वार ठाकुरसिंह लिम्बू विजयी भएका छन् । लिम्बुले ३९२ मत ल्याएर विजयी हुनुभएको छ । पराजित काग्रेसका जयनारायण लिम्बूले २३६ मत ल्याएका छन् । विजयी सदस्यहरु वीना कुमारी शेर्पा ४०१,दलित महिला सदस्य देवी माया नेपाली ४०७,पूरुषसदस्यतर्फ पुरा लिम्बूको ४१० र पासाङ छिरिङ शेर्पा ३९६ मतका साथ विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत भिम कुमार बस्नेतले जानकारी दिनुभयो ।

आठराई त्रिवेणी गाउँपालिका अध्यक्षमा काग्रेसका विश्व सिटौलाले अग्रता लिएका छन् । सिटौलाले ४३ मत ल्याएका छन् । एमालेका लक्ष्मी बहादुर याक्सोले ४० मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका बालचन्द्र आङवुहाङले १९ मत ल्याएका छन् । उपमेयरमा एमालेकी मंञ्जु भट्टराईले ४२ मत ल्याएका छन् । काग्रेसका ममता हुक्पाचोङवाङले ३८ मत ल्याएका छन् । राप्रपाका कालीदास आङवुहाङले २ मत ल्याएका छन् ।

याङवरक गाउँपालिकामा एमालेका अध्यक्षका  उम्मेद्वार केशर कुमार मेन्याङबोले ५० मत ल्याएका छन् । काग्रेसका राम कङलिवाले ४४ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेका रन माया गुरुङले ४९ मत ल्याएका छन् । माओवादी केन्द्रका नेत्र नेपालीले ३६ मत ल्याएका छन् ।

उता सिदिङवा गाउँपालिका अध्यक्षमा एमालेका मान वहादुर राईले ६९ मत ल्याएका छन् । काग्रेसका नर वहादुर कडरियाले २६ मत ल्याएका छन् । उपाध्यक्षमा एमाले र संघिय लिम्बुवान मंञ्च नेपाल गठनबन्धनका डीवी खुदाङले ४३ मत ल्याएका छन् । काग्रेस र माओवादी केन्द्र गठनबन्धनका जीवन ताम्लिङले २४ मत ल्याएका छन् । सिदिङवा गाउँपालिका केन्द्र साब्लाखुमा मतदान जारी छ ।

यसैबिच सिरिजङगा गाउँपालिकामा ३ सय मत गणना भएको छ । एमालेका अध्यक्षका उम्मेद्वार अनन्त बहादुर साँवा २०४ मतका साथ अग्रस्थानमा रहेका छन् । काग्रेसका टीकाराम गुरुङले ५९ मत ल्याएका छन् । माओवादीका केन्द्रका तेज शम्सेर भट्टराई काजीले २७ मत ल्याएका छन् ।  उपाध्यक्षमा एमालेका लीलामाया दाहालले १६४ मत ल्याएका छन् । काग्रेसका ज्ञानुमाया चौहान गौतमले ५८ मत ल्याएका छन् ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मंञ्च भूपेन्द्र थेवे लिम्बुले ३९ मत ल्याएका छन् । राप्रपाले ११ मत ल्याएका छन् । वडा नं. १ सिनामको वडाअध्यक्षमा एमालेका उर्मिला थेबेले १८० मत ल्याएका छन् । काग्रेसका सुनिल थेबेले १०८ मत ल्याएका छन् ।

जिल्लामा कुल ७० हजार ७ सय ७८ मतदातामध्ये ५० हजार ३ सय ४९ मत खसेको छ । कुल ७१.१ प्रतिशत खसेको हो । याङमामा मत पेटिका ढुवानीका लागि हेलिकप्टर गएपनि खराब मौसमका कारण फर्किएको छ । फक्ताङलुङ गाउँपालिकाको मतगणना अब कम्तिमा असार १६ गते बेलुकीसम्ममा मात्र हुने भएको छ ।

मिक्वाखोला गाउँपालिकाको पनि मतगणना सुरु भएको छ । यद्यपी अझैसम्म परिणाम सार्वजनिक गरिएको छैन् ।

यस्तो छ प्यूठानका ९ वटा स्थानीय तहको पछिल्लो मतपरिणाम

 मल्लरानि गाउँपालिका

अध्यक्ष / उपाध्यक्ष

एमाले: ४७८/४८३

कांग्रेस: ४०१/३८६

माओवादी: १६२/१७८

राजमो ३४२/४१९

 

सरुमारानी गाउँपालिका

अध्यक्ष / उपाध्यक्ष

एमाले: ८२६/८१९

माओवादी: ४२६/४०७

कांग्रेस: १३८/१३६

 

नौबहिनि गाउँपालिका

अध्यक्ष / उपाध्यक्ष

एमाले: २७१/२२५ राजमो

कांग्रेस: २४३/२२६ माओवादी

 

झिमरुक गाउँपालिका

अध्यक्ष / उपाध्यक्ष

एमाले: २७९/२८१

कांग्रेस: २१/२१

माओवादी: ६१/५६

राजमो २१८/२१४

 

गौमुखी गाउँपालिका 

अध्यक्ष / उपाध्यक्ष

एमाले: ८१ /९१

कांग्रेस: १४७ / १३९

राजमो २८६ / ११९ माओवादी:

अध्यक्ष / उपाध्यक्ष

माण्डवी गाउँपालिका

एमाले: ३४३/३४४

कांग्रेस: २७८/२७३

राजमो ३२५/३२५

माओवादी: १४५/१६३

 

स्वर्गद्वारि नगरपालिका

अध्यक्ष / उपाध्यक्ष

एमाले: ५७/५८

कांग्रेस: २८/३०

राजमो ११३/१०८ माओवादी

 

प्यूठान नगरपालिका

अध्यक्ष / उपाध्यक्ष

एमाले: ७७/७५

कांग्रेस: १०१/११३

माओवादी: १२१/८१ राजमो

 

ऐरावती गाउँपालिका

अध्यक्ष / उपाध्यक्ष

एमाले: २५०/२९४ माओवादी

कांग्रेस: १३३/७१

राजमो १६५/१६६

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?