अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाए:हिसिला

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७३
|
|
७४८ पटक हेरिएको
Shares
अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाए:हिसिला

सारांश

  • नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले सोमबार पत्रकार सम्मेलन गरेर आफूले देशकै अपमान हुने गरी गरेको नारावाजी प्रति आत्मलोचना गर्दै माफी मगेकी छिन् ।
  • नयाँ शक्ति पार्टीले आइतबार आयोजना गरेको अन्दोलनको क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पार्टी संयोजक बाबुराम भट्टराईसहित अन्य नेतालाई प्रहरीले पक्राउ गर्ने क्रममा उनले आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को आलोचना सुरु भएको थियो ।
  • नेतृ यमीले जारी गरेको प्रेस विज्ञप्तीमा आफूले अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाएको बताएकी हुन्  ।

नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले सोमबार पत्रकार सम्मेलन गरेर आफूले देशकै अपमान हुने गरी गरेको नारावाजी प्रति आत्मलोचना गर्दै माफी मगेकी छिन् ।

नयाँ शक्ति पार्टीले आइतबार आयोजना गरेको अन्दोलनको क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पार्टी संयोजक बाबुराम भट्टराईसहित अन्य नेतालाई प्रहरीले पक्राउ गर्ने क्रममा उनले आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को आलोचना सुरु भएको थियो । नेतृ यमीले जारी गरेको प्रेस विज्ञप्तीमा आफूले अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाएको बताएकी हुन्  ।

‘सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे । म त्यो बेला आवेस र अर्धचेत अवस्थामा थिएँ । तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु । त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको ‘यो आदेश खारेज हुनुपर्छ’ भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें ।’

उनले विज्ञप्तीमा ‘परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दु:खित छु । म अन्तर हृदयैदेखि यसवापत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसँग क्षमायाचना गर्दछु,’  भनिएको छ । भने उनले  भविष्यमा पुन: यस्तो गल्ति नदोहोर्‍याउने प्रतिवद्धता जनाउँदै क्षमायाचना समेत गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?