व्यवस्थापन विधेयक, २०७५ लाई प्रमाणीकरण
सारांश
- जनकपुर २७,असोज।
- प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले विपद् व्यवस्थापन विधेयक, २०७५ लाई शुक्रबार प्रमाणीकरण गरेका छन्।
- सो विधेयकलाई प्रदेश संसदले पारित गरेसँगै प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो।
जनकपुर २७,असोज। प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले विपद् व्यवस्थापन विधेयक, २०७५ लाई शुक्रबार प्रमाणीकरण गरेका छन्।सो विधेयकलाई प्रदेश संसदले पारित गरेसँगै प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो।
प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै विधेयकले कानुनको रुप लिनेछ।
यसअघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कतएव्य र अधिकार तथा सेवाका अन्य सर्त सम्बन्धी विधेयक, २०७५ प्रमाणीकरण गरेका थिए।
हालसम्म प्रदेश २ मा कुल १३ वटा विधेयकहरु प्रमाणीकरण भइसकेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया