अन्तर्घात गरेको भन्दै १७ एमाले नेता कारबाहीमा, को को परे कारबाहीमा ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
६१ पटक हेरिएको
Shares
अन्तर्घात गरेको भन्दै १७ एमाले नेता कारबाहीमा, को को परे कारबाहीमा ?

सारांश

  • बैतडी, ३ साउन ।
  • नेकपा (एमाले) बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ ।
  • सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको १९औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको जिल्ला सचिव, लीलाधर भट्टले जानकारी दिनुभयो ।

बैतडी, ३ साउन । नेकपा (एमाले) बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ ।

सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको १९औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको जिल्ला सचिव, लीलाधर भट्टले जानकारी दिनुभयो ।

यस्तै, पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, पार्टी स्कूल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला सङ्घका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कारबाही गरिएको उहाँले बताउनुभयो ।

बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाई अन्तर्घात गर्नेहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने र सोभन्दा तलसम्म पनि पार्टीविरुद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षतामा बैठक बसाएर वडास्तरबाट निर्णय गरी साउन १५ गतेभित्र जिल्लामा पठाउने निर्णयसमेत गरेको छ ।

यसैबीच, बैठकले गोरखबहादुर चन्द (पञ्चेश्वर) र कर्णबहादुर कँुवर (पुरचौडी)लाई जिल्ला कमिटीमा मनोनयन गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेलाई मतदान गर्ने मतदातालाई धन्यवादका साथै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र पत्रकारलाई पनि धन्यवाद दिने निर्णय गरेको जनाएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज पुरनसिंह दयाल, प्रदेश कमिटी सदस्य दामोदर भण्डारी, परमानन्द भट्ट, माया भट्ट, पूर्व जिल्ला कमिटी अध्यक्ष नरेन्द्र विष्ट, महादेव भट्ट, नरेश विकलगायत नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ?
अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ?
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा  !
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा !
आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु
आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु
मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित
मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित
छायाङ्कनदेखि नै चर्चामा रहेको रुपै मोहनीले बनायो यस्तो नयाँ रेकर्ड [भिडियोसहित]
छायाङ्कनदेखि नै चर्चामा रहेको रुपै मोहनीले बनायो यस्तो नयाँ रेकर्ड [भिडियोसहित]
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
तीन दिन मौसम बदली हुने
तीन दिन मौसम बदली हुने
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
राणा र लोहनीबीच एकता, कमल थापालाई पनि आउन आग्रह
राणा र लोहनीबीच एकता, कमल थापालाई पनि आउन आग्रह