एसिड प्रहारबाट एक वृद्धाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
२० पटक हेरिएको
Shares
एसिड प्रहारबाट एक वृद्धाको मृत्यु

सारांश

  • महोत्तरी, १२ असार ।
  • मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ ।
  • गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो ।

महोत्तरी, १२ असार । मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ ।

गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो । आफ्नै घरमा खुल्ला ठाउँमा सुतिरहेको अवस्थामा गएराति अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा वृद्धा महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । वृद्धा महतो मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?