चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
४१ पटक हेरिएको
Shares
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग

सारांश

  • चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ ।
  • बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ ।बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका सैनिक जवान सिंहको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । घटनालगत्तै तेनुवापट्टी गाउँका अधिकांश पुरुष गाउँ छाडेर भागेका छन् । गाउँमा महिला मात्रै रहेको र पुरुष नभेटिएकाले कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । घटनामा संलग्नहरुको खोजी कार्य तीव्ररूपमा भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।यसैबीच घटनाको विरोधमा सोहपुरका स्थानीयवासीले अबरुद्ध गरेको सिरहाको सुखीपुर–बरियारपट्टी सडकखण्ड दोषीलाई पक्राउ गरी कारवाही गर्ने प्रतिबद्धतापश्चात सञ्चालन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई छातीमा समस्या, भेट्न नेता, कार्यकर्ता अस्पतालमा
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
बैंक तथा वित्तीय संस्थाका शाखा आठ हजार नाघ्यो
बैंक तथा वित्तीय संस्थाका शाखा आठ हजार नाघ्यो
Букмекерская Контора Mostbet: Лучшие Коэффициенты И Опыт Ставок В Реальном Времени Онлай
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ?
बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ?
राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !
राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !
अख्तियार प्रमुख कार्कीलाई पुनरावलोकनको बाटो बन्द
अख्तियार प्रमुख कार्कीलाई पुनरावलोकनको बाटो बन्द
कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते
कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते
महोत्तरीमा आधा किलोसम्मको असिना र बर्षाले लाखौँको क्षति
महोत्तरीमा आधा किलोसम्मको असिना र बर्षाले लाखौँको क्षति