निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३, २०७७
|
|
४० पटक हेरिएको
Shares
निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने

सारांश

  • काठमाडौं उपत्याका निषेधाज्ञा जारी गरिएपनि शेयर बजार भने खुल्ने भएको छ ।
  • आज अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयर बजार खोल्ने निर्णयमा पुगेको हो ।
  • नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले निषेधाज्ञामा पनि बजार नियमित रूपमा खोलिने बताए ।

काठमाडौं उपत्याका निषेधाज्ञा जारी गरिएपनि शेयर बजार भने खुल्ने भएको छ । आज अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयर बजार खोल्ने निर्णयमा पुगेको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले निषेधाज्ञामा पनि बजार नियमित रूपमा खोलिने बताए । ‘शेयर बजार निषेधाज्ञामा पनि खोलिने छ,’ उनले भने, ‘यसअघि ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने निर्णय गरिएको थियो, त्यसैलाई निरन्तरता दिने भइएको छ ।’ ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने उनको भनाइ छ ।

‘भोलीको कारोबार हेछौं,’ उनले भने, ‘कारोबार रकमलगायतको अवस्थालाई हेरेर थप निर्णयमा पुग्ने छौ ।’

यता, लगानीकर्ता पनि शेयर बजार बन्द गर्न नहुने पक्षमा उभिएका छन् । यसभन्दा पहिलेको लकडाउनमा नेप्से ९८ दिन बन्द भएको थियो । लामो समय बन्द भएका कारण लगानीकर्ताले शेयर खरिद बिक्री गर्न पाएका थिएनन् ।

काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीहरूको बैठकले भदौ ३ गते राती १२ बजेदेखि एक साताका लागि निषेघाज्ञा जारी निर्णय गरेपनि उक्त दिनमा शेयर बजार खुल्ने भएको छ ।

मंगलबार विश्व्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेको भन्दै तीन जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो । संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम भदौ ३ गते राती १२ः ०० बजेदेखि भदौ १० गते राती १२ः०० बजेसम्म काठमाडौं उपत्यकाभर लागु हुने निषेधाज्ञामा पनि शेयर बजार खुल्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोपबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, युरोपेली मुलुक नेपालमा लगानी गर्न इच्छुक
युरोपबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, युरोपेली मुलुक नेपालमा लगानी गर्न इच्छुक
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
बेलायतमा प्रधानमन्त्री ओलीसँग सगरमाथा जामको विषयमा प्रश्न
बेलायतमा प्रधानमन्त्री ओलीसँग सगरमाथा जामको विषयमा प्रश्न
काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
जनकपुरमा दिएकाे अभिव्यक्तीले मुख्यमन्त्रीकाे पद धरापमा !
जनकपुरमा दिएकाे अभिव्यक्तीले मुख्यमन्त्रीकाे पद धरापमा !
फर्केर हेर्दा २०७६ : आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास
फर्केर हेर्दा २०७६ : आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास
एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश
एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
किन अाउँदैछन ४० देशका वामपन्थी युवाहरु काठमाडौंमा ?
किन अाउँदैछन ४० देशका वामपन्थी युवाहरु काठमाडौंमा ?