ओलीको गृहजिल्लामा एमालेको रामकहानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
ओलीको गृहजिल्लामा एमालेको रामकहानी

सारांश

  • काठमाडौं  ।
  • झापाका १५ स्थानीय तहमध्ये १२ मा एमालेका संस्थापन र बाँकी तीन तहको प्रमुखमा नेता माधवकुमार नेपालनिकटले टिकट पाएका थिए ।
  • जसमध्ये सात तहमा प्रमुख र ११ तहमा एमालेले उपप्रमुख जितेको छ ।

काठमाडौं  । झापाका १५ स्थानीय तहमध्ये १२ मा एमालेका संस्थापन र बाँकी तीन तहको प्रमुखमा नेता माधवकुमार नेपालनिकटले टिकट पाएका थिए । जसमध्ये सात तहमा प्रमुख र ११ तहमा एमालेले उपप्रमुख जितेको छ । प्रमुख नजितेको चार तहमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । पार्टी संस्थापननिकट जिल्ला अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष, नेपालनिकट जिल्ला सचिव मदन अधिकारी गौरादहको प्रमुखमा पराजित भए । दुवै स्थानमा उपप्रमुखसहित बहुमत वडा अध्यक्ष एमालेले जितेको छ ।

अाजको नयाँ पत्रिकामा खबर छ– नेता नेपालनिकट मञ्जु सिटौलाले हल्दिबारी गाउँपालिकाको अध्यक्षको टिकट पाएदेखि नै संस्थापननिकट नेता–कार्यकर्ता खुलेआम हराउन लागेको एमाले कार्यकर्ता नै बताउँछन् । झापामा नेपालनिकट जीवन श्रेष्ठले मात्रै भद्रपुर नगरपालिकामा प्रमुख जितेका छन् । बा“की पराजित ६ प्रमुख पदका उम्मेदवार संस्थापननिकट हुन् । कमल गाउँपालिकामा मेनका काफ्ले गोलाप्रथाबाट अध्यक्ष विजयी भइन् । नेपालनिकट नेता बेदुराम भुुसालले प्रदेश नम्बर १ का जिल्लामा सर्वसम्मत भएकाबाहेक प्रदेशमा पठाइएका नामबाट छनोट गरी उठाइएका अधिकांश उम्मेदवार पराजित भएकाले घात–अन्तर्घातको विषय बाहिर आएको बताए ।

मोरङका १७ स्थानीय तहमध्ये एमालेले पाँच तहमा मात्रै प्रमुख पद जितेको छ । निर्वाचनअगावै टिकट वितरणमा रकम बार्गेनिङ प्रकरण सतहमा आएको, सन्तुलित रूपमा टिकट वितरण नभएको भन्दै मोरङमा पार्टी पराजित हुनुमा संस्थापन पक्ष जिम्मेवार रहेको नेपाल पक्षको आरोप छ । संस्थापन पक्षले भने विराटनगर महानगरपालिकामा मेयरको टिकटका आकांक्षी महेश रेग्मीनिकट नेता–कार्यकर्ताले सक्रिय सहयोग नगरेकाले हार भएको आन्तरिक मूल्यांकन गरेको छ ।

सुनसरीको इनरुवा नगरलगायतमा अन्तर्घात भएको सचिव भीम आचार्यले नै बताउ“दै आएका छन् । भोजपुर, अछाम, बाजुराजस्ता जिल्लामा पनि यस्तै परिणाम आएपछि अध्यक्ष ओलीले सात दिनभित्र अन्तर्घात गर्नेमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जामा विवाह अगावै यौन सम्पर्क , गर्भपतन गर्नेमा किशोरी झनै बढी
स्याङ्जामा विवाह अगावै यौन सम्पर्क , गर्भपतन गर्नेमा किशोरी झनै बढी
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने
क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने
देशभर मौसम बदलीः भारी वर्षााको सम्भावना
देशभर मौसम बदलीः भारी वर्षााको सम्भावना
फागुन ३ भित्र कर्मचारी समायोजन कठिन
फागुन ३ भित्र कर्मचारी समायोजन कठिन
समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन
समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
१० लाख विद्यार्थीले एसईई परीक्षा आवेदन भर्न पाएनन्

तपाईंले छुटाउनुभयो कि?