​कस कसले मिलेर खाए एक करोड ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
११४ पटक हेरिएको
Shares
​कस कसले मिलेर खाए एक करोड ?

सारांश

  • काठमाडौं, २ कात्तिक ।
  • गरिब र विपन्न बिरामी उपचार नपाएर मृत्युबरण गर्न बाध्य छन् ।
  • तर सरकारले स्वास्थ्य उपचारका नाममा माओवादी र कांग्रेसका कार्यकर्तालाई १ करोड ३ लाख रुपैयाँ बितरण गरेको छ ।

काठमाडौं, २ कात्तिक । गरिब र विपन्न बिरामी उपचार नपाएर मृत्युबरण गर्न बाध्य छन् । तर सरकारले स्वास्थ्य उपचारका नाममा माओवादी र कांग्रेसका कार्यकर्तालाई १ करोड ३ लाख रुपैयाँ बितरण गरेको छ । प्रचण्ड सरकारले असोज २ गते ४४ जना कांग्रेस–माओवादी नेता कार्यकर्तालाई राज्यकोषबाट उक्त रकम दिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको प्रस्तावमा मन्त्रिपरिषदले आर्थिक सहायता दिने निर्णय गरेको हो । प्रचण्ड सरकारले कार्यविधि विपरीत आर्थिक सहायता बितरण गरेको छ । नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०६६ मा असक्त, गरिब र विपन्न नागरिकलाई आर्थिक सहायता दिन सक्ने ब्यवस्था गरिएको छ । तर सरकारले यो प्रावधानको दुरुपयोग गर्दै पहुँचवालाहरुलाई आर्थिक सहायता बितरण गरेको छ ।
आर्थिक सहायता पाउनेमा गृहमन्त्री निधिको जिल्ला धनुषाका कांग्रेस कार्यकर्ता फिरोज आलम, समीर घिमिरे(यज्ञ) र विजयकुमार यादव छन् । आलमले ५ लाख, घिमिरेले ३ लाख र यादवले १ लाख आर्थिक सहायता पाएका छन् ।
त्यस्तै, माओवादी केन्द्रका नेता भक्तिप्रसाद पाण्डेलाई ५ लाख आर्थिक सहायता दिइएको छ । उनी डा. बाबुराम भट्टराई निकट भए पनि उनीतिर नलागेको पृुरस्कारस्वरुप उक्त रकम दिइएको बताइन्छ । उनका छोरा विश्वदिप पाण्डे बाबुराम भट्टराईका सहयोगी हुन् ।
त्यस्तै राज्यकोषबाट ७ जनालाई प्रचण्ड सरकारले ५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । ५ लाख आर्थिक सहायता पाउनेमा पाउनेमा लक्ष्मी सुनार दाङ ५ लाख, अर्जुन महर्जन कीर्तिपुर, धीरेन्द्रकुमार सिंह रौतहट, भरतमणि सिटौला मोरङ, गोपालप्रसाद कुर्मी पर्सा छन् ।
प्रचण्ड सरकारको निगाहमा ३ लाख आर्थिक सहायता पाउने पहुँचवालाहरुमा मेघबहादुर गिरी ओखलढुंगा, सुनिता पाण्डे धादिङ, रत्न बुढा कालीकोट, बाबुराम पुरी चितवन र कुमार पुन म्याग्दी, समीर घिमिरे धनुषा छन् ।
२ लाख रुपैयाँ आर्थिक सहायता पाउने माओवादी–कांग्रेसका २१ नेता कार्यकर्ताहरुमा रामकृष्ण श्रेष्ठ मकवानपुर, केशवराज ज्ञवाली गुल्मी, तुलरुपा ढकाल काभ्रे, उजेकीकुमारी नेपाली बाँके, हर्कबहादुर बुढा रामारोशन, प्रेमबहादुर विश्वकर्मा सल्यान, हरिप्रसाद खनाल अर्घाखाँची, फुले कुमाल प्यूठान, अजबहादुर शाही मुगु, डिलबहादुर शाही रुकुम, जीतबहादुर बस्नेत जाजरकोट छन् । त्यस्तै २ लाख पाउनेहरुमा निर्मला भण्डारी बैतडी, गंगा विक कालीकोट, बद्रीप्रसाद देवकोटा जाजरकोट, इन्द्रबहादुर खत्री सलयन, गीता पोखरेल दोलखा, यज्ञप्रसाद सुवेदी झापा, तिलकप्रसाद न्यौपाने पर्वत, रमिला दाहाल काफ्ले सिराहा, केदारप्रसाद पन्त सिन्धुली र श्यामनारायण गोसाई सर्लाही छन् ।
१ लाख आर्थिक सहायता पाउने ५ जनामा हरिबहादुर रोकाय हुम्ला, लोकबहादुर शाही कालीकोट, विनबहादुर सिंह जाजरकोट, सुशीलकुमार श्रीवास्तव रौतहट, भरतप्रसाद देवकोटा उदयपुर र विजयकुमार यादव धनुषा छन् ।
५० हजार आर्थिक सहायता पाउने ४ जना छन् । ५० हजार पाउनेमा गुणाकर चटौत डडेलधुरा, पदमराज जैशी अछाम, राजकिशोर मण्डल महोत्तरी र रामप्रसाद ढकाल तनहुँ छन् ।

श्रोत्: दृष्टि साप्तहिक

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकोशी नदीले बगाउँदा दुईजना बेपत्ता
सुनकोशी नदीले बगाउँदा दुईजना बेपत्ता
अब सबै वडाका विवाद वडामै
अब सबै वडाका विवाद वडामै
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने
ओलीले ‘प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद रोज्नुपर्ने’ परिस्थिति बनाइँदै
वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने
वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने
चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक
चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’
मन्त्रालयकै तथ्यांक गडबढ देखियो, नेपालको भूभाग गायव
मन्त्रालयकै तथ्यांक गडबढ देखियो, नेपालको भूभाग गायव
Minister Baskota sees need of controlling over-exploitation of natural resources
Minister Baskota sees need of controlling over-exploitation of natural resources
यी हुन् सलमानको नाममा ठगी गर्ने राजु थापा: परे प्रहरीको फन्दामा
यी हुन् सलमानको नाममा ठगी गर्ने राजु थापा: परे प्रहरीको फन्दामा

तपाईंले छुटाउनुभयो कि?