अवरोधले दुई जिल्ला जोड्ने सडक विस्तार अलपत्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
३३ पटक हेरिएको
Shares
अवरोधले दुई जिल्ला जोड्ने सडक विस्तार अलपत्र

सारांश

  • भक्तपुर, २१ भदौ ।
  • सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौँ जोड्ने सडक निर्माण अलपत्र बनेको छ ।
  • भक्तपुरको बोडेबाट काठमाडौँंको मूलपानी जोड्ने बोडे–मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण भइरहेको ‘रिटेनिङ बाल’ अर्थात टेवा पर्खाल गतवर्ष भत्किएको थियो ।

भक्तपुर, २१ भदौ । सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौँ जोड्ने सडक निर्माण अलपत्र बनेको छ ।

भक्तपुरको बोडेबाट काठमाडौँंको मूलपानी जोड्ने बोडे–मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण भइरहेको ‘रिटेनिङ बाल’ अर्थात टेवा पर्खाल गतवर्ष भत्किएको थियो ।

सडक निर्माण ठेकेदार कम्पनी ‘सन्तोषी पिआर जेभी ललितपुर’ ले बाली क्षति भएका कृषकलाई नष्ट भएको तरकारी, अन्नबालीको क्षतिपूर्ति स्वरूप रु ६ लाख दिए पनि कृषकले भने ३७ लाख माग गरेर सडक निर्माण कार्यमा अवरोध गरेपछि समस्या आएको डिभिजन सडक कार्यालय भक्तपुर प्रमुख इञ्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७२÷७३ मा थिमिको बाहाखाबजार, पुरानो बाटो हुलाक मार्ग र नगरपालिका भवन हुँदै मिलरोड, बोडै हँुदै मनोहरासम्म जोड्ने २ दशमलव ८ किलोमिटर सडक निर्माण सम्पन्न गर्न समस्या आएको छ ।

सात मिटर फराकिलो कालोपत्रे एवं फुटपाथसहित निर्माण हुने उक्त सडकको मापदण्डभित्र परेका घरटहरा, बिजुली, टेलिफोनको पोल नहटाउँदासमेत सडक विस्तारमा समस्या आएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
कपिलवस्तुमा वृद्धको हत्या
कपिलवस्तुमा वृद्धको हत्या
दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
Мостбет официальный сайт Mostbet рабочее зеркал
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
यदि तपाइले दिनको ४ पिस बदाम रेगुलर खानुभयो भने के हुन्छ ?
यदि तपाइले दिनको ४ पिस बदाम रेगुलर खानुभयो भने के हुन्छ ?
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी

तपाईंले छुटाउनुभयो कि?