मन्त्रालयले बनायो वार्ता टोली
सारांश
- काठमाडौं ।
- कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक संघ र स्वास्थ्य सहायक संघसँग वार्ता गर्न टोली गठन गरिएको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली गठन गरेको हो ।
काठमाडौं । कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक संघ र स्वास्थ्य सहायक संघसँग वार्ता गर्न टोली गठन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली गठन गरेको हो ।
वार्ता टोली गठन भएसँगै आज सोमबारदेखि माग राखी आन्दोलन गरिरहेका चिकित्सक संघ लगायतसँग वार्ता गरिने बताइएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको मन्त्रालयले जनाएको छ ।
टोलीमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाइँ, समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । मन्त्रालयका प्रवक्तासमेत रहेका श्रेष्ठले आजदेखि दुवै संघसँग मागका विषयमा वार्ता हुने जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया