काठमाडौँमा काँग्रेसले पराजय भोग्नुपरेको कारण बताउँदै नेता सिंह…

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
काठमाडौँमा काँग्रेसले पराजय भोग्नुपरेको कारण बताउँदै नेता सिंह…

सारांश

  • काठमाडौँ, २९ जेठ ।
  • नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ ।
  • नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद हो भन्नुभयो ।

काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ ।

नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद हो भन्नुभयो ।

उहाँले भन्नुभयो – “काठमाडौँ काँग्रेसले निर्वाचन हार्नुको कारण खोज्नुपर्ने समय आएको छ ।” उहाँले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आठवटा निर्वाचन क्षेत्र जितेको काँग्रेसले अहिले किन हा¥यो भन्नेबारे सबै नेता तथा कार्यकर्ताले सोच्नुपर्ने बेला आएको छ भन्नुभयो ।

श्री सिंहले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र त्यसको कार्यान्वयनको जिम्मा पनि अहिले काँग्रेसकै काँधमा आएको चर्चा गर्दै त्यसका लागि सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसको पक्षमा जनमत हुँदाहुँदै पनि काँग्रेसले हार व्यहोरेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको छ भन्नुभयो । उहाँले भन्नुभयो – “नगर उपप्रमुखले निर्वाचन जित्दै गर्दा नगर प्रमुख ठूलो अन्तरले के कारणले पराजित भयो यसलाई गम्भीर भएर समीक्षा गर्नुपर्दछ ।”

नेपाली काँग्रेसका तर्फबाट नयर प्रमुखका उम्मेदवार राजुराज जोशीले आफूलाई अमूल्य मत दिने सम्पूर्ण मतदातालाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?