निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १५, २०७९
|
|
१५ पटक हेरिएको
Shares
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा

सारांश

  • काठमाडौ ।
  • निर्वाचन आयोगको आचार संहित विपरित सरकारले राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा गरेको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हाल विभागको महानिर्देशक रहेका झलकराम अधिकारीलाई हटाएर सहसचिव मदन दहाललाई महानिर्देशक बनाएको हो ।

काठमाडौ । निर्वाचन आयोगको आचार संहित विपरित सरकारले राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हाल विभागको महानिर्देशक रहेका झलकराम अधिकारीलाई हटाएर सहसचिव मदन दहाललाई महानिर्देशक बनाएको हो ।

दाहाल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखा प्रमुखको रुपमा रहेका थिए । दाहाललाई महानिर्देशक बनाएपछि झलकराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएका छन् । दाहाल कुनै समय सोहि विभागमा निर्देशकको रुपमा थिए । उनले एनसेलको कर निर्धारण समितिमा रहेर काम गरेका थिए ।

सरकारले ४ महिना मै महानिर्देशक सरुवा गरेको हो । झलकराम अधिकारी गत असार १ मा मात्र विभागको महानिर्देशक नियुक्त भएका थिए । चुनाव आउँन १९ दिन मात्र बाँकि हुँदा विभागको महानिर्देशक सरुवा भएका हुन् ।

राजश्व अनुसन्धान विभागले कर चुहावट सम्वन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने काम गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?