एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिरहेका बेला उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रिमण्डल हेरफेर गर्न सक्ने बताएका छन्।
  •   मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको दाबी गरे।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिरहेका बेला उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रिमण्डल हेरफेर गर्न सक्ने बताएका छन्। 
मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको दाबी गरे। आइतबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले मन्त्रीहरुको कार्य विभाजनमा हेरफेर गर्ने विषय सामान्य भएको र बसुन्जेल देश र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्ने आफ्नो योजना रहेको बताए। 
मन्त्री पुनले आफ्नो मन्त्रालयले सबैभन्दा बढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको दावी गरे। सिँचाईतर्फ २ हजार ३ सय कर्मचारी मध्ये  एक हजार ६ सय भन्दाबढी कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको एक वर्षे प्रगति विवरणमा उल्लेख गरिएको छ। मन्त्री पुनले सिंचाईतर्फ २८ प्रतिशत मात्रै कर्मचारी संघ मातहत राखेर अन्यलाई संघीयताको भावना अनुसार प्रदेश र स्थानीय तहमा परिचालन गरिएको जनाए। 
मन्त्री पुनले आफूले एक वर्षे कार्यकालमा राष्ट्रिय जलस्रोत नीति तर्जुमा गरेको तथा जलस्रोत ऐन प्रदेश र स्थानीय तहको अधिकारको बाँडफाँडसहित तयार पारिएको उल्लेख गरे। उनले ३ वर्ष भित्र सम्पन्न हुने गरी नदी बेसिन योजना तथा जलविद्युत विकास गुरुयोजना तर्जुमा गर्ने कामलाई अघि बढाइएको जानकारी दिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?