किरियापुत्री भवन बनाउने भन्दै पशुपति परिसरमा चल्यो डोजर !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
६३ पटक हेरिएको
Shares
किरियापुत्री भवन बनाउने भन्दै पशुपति  परिसरमा चल्यो डोजर !

सारांश

  • शिवालय भत्काएको भन्दै स्थानीयको विरोध                                                                                                                                                       २९ असार, काठमाडौं ।
  • पशुपतिनाथ मन्दिर परिसरमा रहेको एउटा शिवालय विवादास्पद रुपमा भत्काइएको छ ।
  • किरियापुत्री भवन बनाउने भन्दै शिवालय भत्काएपछि स्थानीयले पशुपति क्षेत्र विकास कोषको आलोचना गरेका छन् ।

शिवालय भत्काएको भन्दै स्थानीयको विरोध                                                                                                                                                       २९ असार, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको एउटा शिवालय विवादास्पद रुपमा भत्काइएको छ ।

किरियापुत्री भवन बनाउने भन्दै शिवालय भत्काएपछि स्थानीयले पशुपति क्षेत्र विकास कोषको आलोचना गरेका छन् । तर, कोषका अधिकारीहरुले भने भत्काइएको संरचना शिवालय नै नभएको दावी गरेका छन् ।

गत शनिबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनको कार्यकालको अन्तिम दिन थियो । त्यही दिन वनकाली क्षेत्रमा रहेको एक शिवालय छेउमा डोजर पुग्यो र पुरानो शिवालय भत्काउन थाल्यो ।

केही स्थानीयले बिरोध जनाएपनि डोजर रोकिएन । स्थानीयले पुरातात्विक क्षेत्रको शिवालय नभत्काउन माग गरेका थिए । आफ्नो कुरा सुनुवाई नभएपछि स्थानीयले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडाअध्यक्ष दिनेशकुमार डंगोललाई फोन गरे ।

पशुपति क्षेत्रभित्रै डोजर प्रवेश गरेको र पुरातात्विक शिवालय भत्काएको कुरा सुनेपछि डंगोल तत्काल घटनास्थल पुगे । ‘म पुगेर पनि केही गर्नसक्ने स्थिति थिएन । मुचुल्का समेत नउठाई स्थानीयहरु नभएको मौका छोप्दै शिवालय भत्काइएको रहेछ,’ डंगोलले भने, ‘पशुपति क्षेत्रमा डोजर छिराएर त्यति धेरै पुरातात्विक महत्वको शिवालय भत्काउनु क्षम्य अपराध होइन ।’

उनले शिवालयमा हुनुपर्ने विभिन्न मूर्तिसहितका सम्पदाहरु त्यहाँ नरहँदा विभिन्न आशंका उत्पन्न भएको पनि बताए ।
किन भत्काइयो शिवालय ?

स्थानीयले घटना लगत्तै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतिलाई घटनास्थलमा बोलाएका थिए ।

उनी आएपछि थाहा भयो, कोषले किरियापुत्री भबन बनाउन शिवालय भत्काएको रहेछ । तर, उनले कोषले डोजर नल्याएको र भवन निर्माणका जिम्मा लिएका दाताले नै डोजर ल्याएको तर्क गरे ।

कार्यकारी निर्देशक उप्रेतीले अनलाइनखबरसँग भने, ‘दाताले हामीलाई नसोधी डोजर ल्याएछन्, हामीले थाहा नै पाएनौं । किरियापुत्री भवन निर्माणका लागि स्वीकृति पाएका दाताले बदमासी गर्दा समस्या भयो ।’

उनले शिवालय मासेर किरियापुत्री भवन बनाउने योजना नभएको बताए । ‘भत्काउने मान्छे पाइएन भनेर डोजर ल्याएछन्,’ उप्रेतिले भने, ‘भूकम्पले त्यो शिवालय जीर्ण थियो । अब भत्कियो, पुनर्निर्माण गर्छौं ।’

 

टण्डन भन्छन्- त्यो शिवालय होइन

कोषका तत्कालीन सदस्य सचिव टण्डन भने भत्काइएको संरचना शिवालय नै नभएको दावी गर्छन् ।

त्यो दाउरा राख्न बनाइएको संरचना मात्रै भएकाले मन्दिर भनेर प्रचार नगर्न आग्रह गरे । ‘मन्दिर आकृतिको भएकाले त्यसलाई शिवालय भनिएको हो,’ टण्डन भन्छन्, ‘तर, त्यो बाहिर आए जस्तो शिवालय नै चाँही होइन ।’

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक उप्रेति पनि २५ वर्षदेखि सो शिवालयमा पूजा-आजा भएको आफूलाई थाहा नभएको बताउँछन् ।

तर, स्थानीयहरु भने वीरशम्शेरले बनाएको चार शिवालय भन्दा भत्काइएको शिवालय पुरानो भएको दाबी गर्दछन् ।

८ नम्बरका वडाध्यक्ष डंगोल विश्व सम्पदा क्षेत्रभित्र डोजर ल्याएर पुरातात्विक सम्पदा नष्ट गर्ने कामको जति बिरोध गर्दा पनि नपुग्ने बताउँछन् । ‘कोषको काम संरक्षण गर्ने हो कि नष्ट गर्ने हो ?’ उनको प्रश्न छ, ‘भूकम्पबाट क्षतिग्रस्त धेरै सम्पदा बनेका छैनन् । अब किरियापुत्री बसाउने घरका लागि मन्दिर नै मास्न थालेपछि पशुपति क्षेत्र विकास कोषबाट के अपेक्षा गर्ने ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारतमा फेरि ठूलो भुकम्प जाने सम्भावना !
नेपाल–भारतमा फेरि ठूलो भुकम्प जाने सम्भावना !
 प्रदेश नं १: किसानलाइ अनुदान नै अनुदान
 प्रदेश नं १: किसानलाइ अनुदान नै अनुदान
आगलागी हुँदा आठ जना मजदूरको मृत्यु
आगलागी हुँदा आठ जना मजदूरको मृत्यु
खानेपानीको समस्या सुल्झाउन देशैभरि मन्त्रालयले सुरु गर्दैछ नयाँ योजना
खानेपानीको समस्या सुल्झाउन देशैभरि मन्त्रालयले सुरु गर्दैछ नयाँ योजना
गाएक अंकित नेउपानेकाे ‘ती रातहरू २’ नामक गित रिलिज
गाएक अंकित नेउपानेकाे ‘ती रातहरू २’ नामक गित रिलिज
विश्वकप फुटबल २०१८:  २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने
विश्वकप फुटबल २०१८: २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
आर्थिक अवस्था सुधारका लागि बजेट सकारात्मक : बडू
आर्थिक अवस्था सुधारका लागि बजेट सकारात्मक : बडू
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने