आदिवासी जनजातिको निर्वाचन गर्ने निर्णयमा विरोध

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
१५७ पटक हेरिएको
Shares
आदिवासी जनजातिको निर्वाचन गर्ने निर्णयमा विरोध

सारांश

  • नेपाल आदिवासी जनजाति महासंघले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयप्रति विरोध जनाएको छ ।
  • आदिवासी जनजातिहरुको माग सम्बोधन नगरी सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको महासंघको आरोप छ ।
  • काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले अधुरो, अपूरो र असंवैधानिक तवरले आएको स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई आधार मानेर सरकारले स्थानीय तहको निर्वाचन गराउन लागेकाले विरोध गर्नुपरेको बताए ।

नेपाल आदिवासी जनजाति महासंघले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयप्रति विरोध जनाएको छ । आदिवासी जनजातिहरुको माग सम्बोधन नगरी सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको महासंघको आरोप छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले अधुरो, अपूरो र असंवैधानिक तवरले आएको स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई आधार मानेर सरकारले स्थानीय तहको निर्वाचन गराउन लागेकाले विरोध गर्नुपरेको बताए ।

महासंघले आफूहरु निर्वाचनको विरोधी नभएको तर स्थानीय तहको संख्या र सीमा निर्धारण गर्दा आदिवासी जनजातिहरुको पहिचान खुल्नुपर्ने आफूहरुको माग रहेको पनि स्पष्ट पारेको छ ।

स्थानीय तहको संख्या र सीमा निर्धारण गर्दा आफूहरुको पहिचान खुलाउन सरकार तयार नभए अदालत जान बाध्य हुने महासंघले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
कोचिङ पढ्न हिँडेकी छात्रा सडकमा ढलिन्, अस्पताल नपुर्याउँदै मृत्यु
कोचिङ पढ्न हिँडेकी छात्रा सडकमा ढलिन्, अस्पताल नपुर्याउँदै मृत्यु
शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो- प्रधानमन्त्री ओली
शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो- प्रधानमन्त्री ओली
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
यसरी गरियो बाजेको सेकुवामा शिलबन्दी (भिडियो सहित)
यसरी गरियो बाजेको सेकुवामा शिलबन्दी (भिडियो सहित)
धरानमा बस दुर्घटना चार जनाको मृत्यु
धरानमा बस दुर्घटना चार जनाको मृत्यु
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन् : पत्रकार महासंघ
समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन् : पत्रकार महासंघ

तपाईंले छुटाउनुभयो कि?