कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ५, २०७३
|
|
२७७ पटक हेरिएको
Shares
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन

सारांश

  • विगत २० बर्षदेखि रेडियो नेपालमा काम गर्दै आएकी गायिका कोमल वलीले अन्ततः सरकारी जागिर छाडेकी छिन् ।
  • कोमल अहिले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’मा प्रवेश गरेर राष्ट्रिय राजनीतिमा आउने तयारीमा छिन् ।
  • केहि समय अगाडि, कोमललाई रेडियो नेपालको प्रशासनले स्पष्टिकरण समेत सोधेको थियो ।

विगत २० बर्षदेखि रेडियो नेपालमा काम गर्दै आएकी गायिका कोमल वलीले अन्ततः सरकारी जागिर छाडेकी छिन् ।

कोमल अहिले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’मा प्रवेश गरेर राष्ट्रिय राजनीतिमा आउने तयारीमा छिन् । केहि समय अगाडि, कोमललाई रेडियो नेपालको प्रशासनले स्पष्टिकरण समेत सोधेको थियो ।

कुनै, व्यक्तिले ‘हेल्लो सरकार’मा रेडियो नेपालमा काम गरिरहेको मानिसले राजनीति गर्न पाइन्छ भनेर ट्विट मार्फत प्रश्न गरेका थिए । त्यसपछि, संचार मन्त्रालयले रेडियो नेपालको प्रशासनसँग यसको जवाफ मागेको थियो । रेडियो नेपालको प्रशासनले कोमललाई स्पष्टिकरण सोधेको थियो ।

यस बिषयमा कोमलले भनिन्-‘हो, मैले रेडियो नेपालबाट राजीनामा दिएकी छु । अब, म राप्रपाको केन्द्रीय सदस्यको उम्मेदवारी दिदैछु । यसैले, राजनीतिमा पूरा समय दिने उद्देश्यले रेडियो नेपालको जागिर छाडेकी हुँ ।’

कोमल वलीले आफ्नो गायकी भने नछाड्ने बताएकी छिन् । उनी वि.सं २०५३ सालदेखि रेडियो नेपालमा समाचार बाचिकाको रुपमा कार्यरत थिइन् । भूकम्पको समयमा रेडियो नेपालमा दिनरात नभनी कोमलले जनतालाई सुसूचित गराउने काम गरेकी थिइन् । तर, राप्रपाको राजनीतिले कोमललाई रेडियो नेपालबाट राजीनामा दिन वाध्य बनाएको छ । अनलाइनखबरका अनुसार उनले मंगलबार राजीनामा बुझाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?