आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
४८ पटक हेरिएको
Shares
आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग

सारांश

  • नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् ।
  • शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् ।
  •  “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् ।

नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् । “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन । ” उनले भने । सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।” उनले भने ।

मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । “आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।” मानन्धरले भने ।

मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो ।

प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्दधरले दिएका छन् ।

“म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो ।” उनले भने ।

सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ । बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ ।

क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए ।

कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाई थियो । विधेयक फिर्ता भएन भने काठमाण्डौ जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो । प्रधानले मन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए ।

गुठी विधेयककै कारण संघीयता समेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको जिकिर गरे । ६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाए ।

ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको जिकिर गरे । “गुठी विधेयक फिर्ता गर्नुपर्छ । फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ । ४ गतेपछि के हुन्छ हेर्दै जानुस् ।” प्रधानले भने ।

साक्षात्कारमा पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

यो पनि पढ्नुस
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले गणतन्त्र उल्टन सक्ने औल्याएका छन् । सरकारको कामकारबाही गणतन्त्र उल्टने दिशातर्फ बढेको भन्दै समयमै सचेत हुन आग्रह गरे ।

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मानन्धरले गुठीबारे उठेको विषयमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै सच्याएर अगाडि नबढे गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए । ‛जनताले गणतन्त्र ल्याएका हुन्, गणतन्त्र उल्टाउन पनि सक्छन्,’उनले भने, ‛असार २ गते प्रधानमन्त्रीले स्वदेश आउनेवित्तिकै गुठीबारे माग सम्बोधन नगरे ४ गते नसोचिएको परिणाम हुन्छ ।’

देशमा आन्दोलनको आँधी आइरहेको भन्दै त्यसले धेरैलाई बडार्न सक्ने चेतावनी दिए । देशमा राणा, राजा सक्ने जनताले देश र संस्कृतिविरुद्ध लाग्नेहरुलाई नछाड्ने बताए ।

साम्प्रदायिक दंगा भड्काउनेहरु सक्रिय भइरहेकोमा सबै सचेत हुनुपर्ने बताए । सरकारमा रहेकाहरु स्थिति साम्य पार्न लाग्नुपर्नेमा उल्टो घ्यू थप्न लागेको भन्दै आलोचना गरे ।

धर्म संस्कृतिविरुद्ध गतिविधि बढिरहेको भन्दै त्यसलाई सहन नसकिने बताए । ‛चीनमा पनि कम्युनिष्ट छन् तर संस्कृतिको रक्षा गर्दै विकास निर्माणमा लागिपरेका छन्’, मानन्धरले भने ।

गुठीलाई सामन्त भन्ने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाप्रति आक्रोशित भएका मानन्धरले उनको राजीनामा मागे । मुलुक चिनाउने गुठी सामन्त र शोषकको व्यवस्था हो भने मन्दिर के हो ? देशको संस्कृतिमाथि आक्षेप र अपमान गर्नेहरु खतरनाक हुने भन्दै सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्मघाती गोलमा चेल्सीको पराजय
आत्मघाती गोलमा चेल्सीको पराजय
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ।
३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ।
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
अमेरिकी रक्षामन्त्रीलाई क्यान्सर, अस्पताल भर्ना
अमेरिकी रक्षामन्त्रीलाई क्यान्सर, अस्पताल भर्ना
किसान चैते धानखेतीतर्फ आकर्षित…..
किसान चैते धानखेतीतर्फ आकर्षित…..
काभा महिला भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो
काभा महिला भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो
अवैध पोल्ट्रीजन्य वस्तु भित्रिँदा किसानलाई समस्या
अवैध पोल्ट्रीजन्य वस्तु भित्रिँदा किसानलाई समस्या
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?