कोरियाली भाषा परिक्षाको आवेदन आगामी फागुनमा
सारांश
- काठमाडौं, १० पुस ।
- कोरियाली भाषा (ईपिएस) सन् २०१९ को परीक्षाको आवेदन आगामी फागुनमा खुल्ने भएको छ ।
- वैदेशिक रोजगार विभाग ईपिएस शाखाले १० औं भाषा परिक्षा आवेदनको सुचना फागुनमा गर्ने र चैतभित्र आवेदन गरिसक्नुपर्ने गरी समयतालिका मिलाइने जनाएको छ ।
काठमाडौं, १० पुस । कोरियाली भाषा (ईपिएस) सन् २०१९ को परीक्षाको आवेदन आगामी फागुनमा खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग ईपिएस शाखाले १० औं भाषा परिक्षा आवेदनको सुचना फागुनमा गर्ने र चैतभित्र आवेदन गरिसक्नुपर्ने गरी समयतालिका मिलाइने जनाएको छ ।
शाखाका अनुसार चैतको अन्तिम सातासम्म अनलाइनमार्फत लिएको आवेदनअनुसार जेठको अन्तिम वा असारको पहिलो हप्ता परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । माघको पहिलो साता कोरियाली पक्षसंग छलफल गरी आवेदन आह्वानको सुचना र परीक्षाको मिति निर्धारण गरिने शाखाले जनाएको छ ।
सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । कामदार सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसंगै नेपालले १० हजार संख्यामा कोटा पाउने भएको हो । शाखाका निर्देशक कृष्णप्रसाद खनालले कोरिया रोजगारदाताले नेपाली कामदार माग गर्ने संख्या बढाएको बताउदै नेपालले पाउने कोटा यो वर्ष बढ्ने बताए ।
प्रतिक्रिया