एथ्लेटिक्समा नेपाललाई पहिलो पदक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
१८ पटक हेरिएको
Shares
एथ्लेटिक्समा नेपाललाई पहिलो पदक

सारांश

  • काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ ।
  • त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जित्नुभएको हो ।
  • उहाँले निर्धा्रित दुरी तीन मिनेट ५९.

काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जित्नुभएको हो । उहाँले निर्धा्रित दुरी तीन मिनेट ५९.२० सेकेण्डमा पूरा गर्नुभयो । उहाँ यस पदकसँगै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बन्नुभयो ।

सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो । भारतका अजयकुमार सरोले तीन मिनेट ५४.८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले तीन मिनेट ५७.१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे । यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पा¥योे । नेपालकी सरस्वती भट्ट पाँचांै र सानुमाया कार्की सातांै भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?