बाटुलीमायालाई यसरी जिउँदै मारेपछि…
सारांश
- बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ ।
- उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् ।
- गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् ।
बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ ।
घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलाइए बृद्धभत्ता नपाउने बताए । वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरेको मान्छेले कसरी भत्ता पाउने रु बृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन् म त मरिसकेछु । अबदेखि भत्ता पाउन्न रे ।
केही युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सालको पुस १७ गते भएको कागजपत्र वडा कार्यालयमा पुगेको रहेछ ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया