को–को छन् देउवाका सारथि ?
सारांश
- काठमाडौं ।
- जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ ।
- आजको नागरिक दैनिकमा खबर छ– तर, पार्टीको मूल कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कँदै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्न लाग्दासमेत उनले सचिवालय र सल्लाहकार समूह बनाउन सकेका छैनन् ।
काठमाडौं । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ ।
आजको नागरिक दैनिकमा खबर छ– तर, पार्टीको मूल कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कँदै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्न लाग्दासमेत उनले सचिवालय र सल्लाहकार समूह बनाउन सकेका छैनन् ।
देउवाले आफ्नो सहयोगी समूह बनाउन नसक्दा राज्य र पार्टी सञ्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छन् । एक हिसाबले भन्ने हो भने, प्रधानमनत्रीको प्रमुख सल्लाहकारको भूमिकामा यतिखेर उनै आरजु देखिएकी छन् ।
यतिखेर देउवालाई कसले सहयोग गरिरहेका छन् ? मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना बित्दा पनि भतिज भानु देउवा र वीरेन्द्र मल्ल मात्रै उनको सहयोगीका रुपमा छन् । यद्यपि, उनीहरुलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भने गरिएको छैन ।
प्रधानमन्त्री देउवालार्य विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँणसहितका नेताले राजनीतिक विषयमा सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया