अाेली र श्रेष्ठबीच भनाभन !
सारांश
- काठमाडौं, १७ साउन ।
- प्रधानमन्त्री तथा (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच भनाभन भएको घटना सार्वजनिक भएको छ ।
- साउन ७ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा ओली र श्रेष्ठबीच भनाभन भएको हो ।
काठमाडौं, १७ साउन । प्रधानमन्त्री तथा (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच भनाभन भएको घटना सार्वजनिक भएको छ । साउन ७ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा ओली र श्रेष्ठबीच भनाभन भएको हो ।विषय थियो, प्रवक्ता श्रेष्ठले डा. गोविन्द केसी र सुशीला कार्कीलाई भेटेको । बैठकमा ओलीले श्रेष्ठसँग किन भेटेको भन्दै स्पष्टीकरण सोधेका थिए । जवाफमा श्रेष्ठले आफूले समस्या समाधान गर्न भेटेको जवाफ दिए तर ओलीले मानेन् । विवादले चर्को रुप लिएर हात हालाहालको स्तरमा पुगेको बताइएको छ । उनीहरु नेता नभएको भए यो स्तरको भनाभन हात हालाहालमै पुग्ने बैठकमा सहभागी अन्य नेताहरुको भनाई छ ।
अध्यक्ष ओलीले होच्याएर बोलेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीलाई नै साथ दिएपछि श्रेष्ठले राजिनामा दिएका थिए । उनले “तपाईहरुको प्रवक्ता तपाईहरु नै राख्नुस्” तुरुन्तै लिखित राजिनामा दिएका थिए । यद्यपी राजिननामा स्वीकृत भएको छैन । ओलीले सचिवालयको बैठकमा तुरुन्त आउन भनेपछि गृहजिल्ला गोरखा पुगेका श्रेष्ठ साँझ ५ बजे सिधै बालुवाटार पुगेका थिए । बैठकको सुरुमै ओली श्रेष्ठमाथि खनिएका थिए । उनले सुशीला कार्की, कृष्ण पहाडी, गोविन्द केसीहरुलाई किन भेटेको ?, सत्याग्रही भनेको के हो ?’ पार्टी नीति विरुद्धमा किन गएको ? सरकारविरुद्ध अनसन बसेको केसीलाई किन सत्याग्रही भनेको ? मिडियामा अन्तरवार्ता किन दिएको ? यस्तै प्रश्नहरु एक पछी अर्को गरी श्रेष्ठमाथि खनिए ।
ओलीका प्रश्नको श्रेष्ठले उत्तरसँगै प्रतिवाद गरिरहेको बेला अर्का अध्यक्ष दाहाल भने दर्शक बनेका थिए । उनले पनि केसीलाई भेट्न नहुने भनेपछि श्रेष्ठको पारा एकाएक बढ्यो । उनले राजिनामा घोषणा गरे । बैठकमा विवाद चर्किदै जाँदा ओलीले आक्रामकशैलीमा डा. केसीको अनसनको निन्दासँगै माथेमा आयोगको प्रतिवेदन प्रतिक्रियावादी र जनविरोधी भएको बताए । त्यसको प्रतिवाद गर्दै श्रेष्ठले ओलीको कुरा गलत भएको बताए । उनले माथेमा प्रतिवेदन एकदम सकारात्मक भएको बताउँदै मूल सार नवउदारवादको विरुद्धमा भएको दाबी गरे । त्यसपछि प्रधानमन्त्री ओली झन् आगो भए ।
बैठकमा प्रवक्ता श्रेष्ठको पक्षमा कुनै पनि सदस्यहरुले बोलेनन् । राजिनामा दिएपछि आफू निकट केही नेताहरुसँग श्रेष्ठले छलफल गरेका थिए । छलफलमा श्रेष्ठले ओली आफूमाथि खनिरहँदा प्रचण्डले साथ दिनुको साटो उल्टै विरुद्धमा उत्रेको बताए । “ओलीको अगाडि प्रचण्ड भिजेको बिरालोजस्तै भए । यो आपत्तिको विषय हो” श्रेष्ठले उक्त छलफलमा भनेका थिए ।
ओलीसँग यो स्तरको प्रतिवाद कसैले पनि गरेका थिएनन् ।
Damodar Dahal
यो त पहिल्यै आइसकेको समाचार हो , आँखा पनि थाकि सके होला पाठक का । कुनै नयाँ कूरा छ भनेँ ल्याउनुस
Ganesh Shakya
लाै समृद्धि आयो त छिट्टै ।
Pitambar Adhikari
ठ्याक्कै तिहीं बसे जस्तै गरी कसरी था हुँदाेरछ ? कसैले अाएर भन्दा हुन् कि ?
Kumar Singh Khadka
हावा समाचार किन ?
Suraj Khadka
बग बाँस हो केही भाको हैन।
Raj Chaudhary
Hawa ho sabai
गाउले केटो उमेश
नेपाल कम्युनिष्ट अब दुई धारमा विभाजन हुन सक्छ पहिले को पार्टी को नेता ले अहिले को पार्टी लाई बिस्वास नगर्ने हो भने