क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्

सारांश

  • काठमाडौं, १० साउन ।
  • नेपाली कांग्रेले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रिको नाम टुंगो लगाईसकेको छ।
  • यसअघि कांग्रेसभित्र अन्तरिक भागबन्डामा कुरा नमिल्दा मन्त्रीहरुको टुंगो लग्न सकेको थिएन।

काठमाडौं, १० साउन । नेपाली कांग्रेले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रिको नाम टुंगो लगाईसकेको छ।

यसअघि कांग्रेसभित्र अन्तरिक भागबन्डामा कुरा नमिल्दा मन्त्रीहरुको टुंगो लग्न सकेको थिएन। कांगेसबाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा समूहबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट ४, नेता कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षबाट १्र १ जना मन्त्री रहने गरी सहमति गरेको छ।

जसअनुसार सभापति देउवापक्षबाट वीरबहादुर बलायर, मिन विश्वकर्मा, अर्जुनप्रसाद जोशी र अम्बिका बस्नेत, पौडेल पक्षबाट, राजन केसी, रामकृष्ण यादव र सञ्जय गौतम र यज्ञ थापा बन्ने टुंगो भएको छ। त्यस्तै सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेत मन्त्री बन्नेछन्। गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फर्मुल्ला मन्सुर यसअघि नै कांग्रेसबाट मन्त्री बनिसकेका छन् ।

कांग्रेसबाट लगभ मन्त्री बन्नेहरुको नाम टुँगो लागिसकेपछि अब राज्यमन्त्री टुँगो लगाउन सभापति देउवा र बरिष्ठ नेता पौडेलवीच आज साँझ बालुवाटारमा छलफल भैरहेको छ । कांग्रेसले आजै राज्यमन्त्री टुँगो लगाउने भएको छ ।

त्यस्तै सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रले यसअघि नै मन्त्रीको नाम टुंग्याइसकेको थियो। माओवादीबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपाली मन्त्री बन्ने भएका छन्। माओवादीबाट यसअघि नै कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साह मन्त्री भैसकेका छन्।

त्यस्तै लोकतान्त्रिक फोरम नेपालबाट जितेन्द्र देव र गोपाल दहितले र नेकपा संयुक्तबाट १ जना सरकारमा सहभागी हुने भएका छन्। विस्तारित मन्त्रिमण्डलमा समावेश गरिने मन्त्रीहरुको सपथ सके आज नभए भोलि विहान गराउने तयारी भएको वालुवाटार स्रोतले जानकारी दिएको छ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीको टुंगो नलग्याउँदा सरकार बिस्तारमा ढिलाइ भैरहेको भन्दै चौतर्फी आलोचना सुरुभएपछि कांग्रेसले मन्त्रीहरुको टुंगो लगाएको हो।

यता सरकारमा सहभागी हुने तयारी गरिरहेको राप्रपा र संघीय समाजवादी फोरम नेपाललाई भने तत्काल सहभागी नगराउने सत्तारुढ दलको रणनीति रहेको छ । राप्रपा अध्यक्ष कमल थापा आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा थिए । तर प्रधानमन्त्री देउवाले भने थापालाई सरकारमा सहभागी गराउन कुनै चासो दिएका छैनन।रिपोरटर्स नेपाल बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
आज एकैदिन कोरोनाबाट ८३ जनाको मृत्यु
नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै
नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै
संस्थानले ल्याएका खसी बोका बिक्री भएन
संस्थानले ल्याएका खसी बोका बिक्री भएन
प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने
विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने
कांग्रेसले  बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
कांग्रेसले बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….