चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०७४
|
|
१३५ पटक हेरिएको
Shares
चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन

सारांश

  • आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज पार्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन भएको छ ।
  • स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दललाई सचेत गराउने उद्देश्यले बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाको अगुवाइमा समिति गठन गरिएको हो ।
  • मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज पार्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन भएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दललाई सचेत गराउने उद्देश्यले बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाको अगुवाइमा समिति गठन गरिएको हो ।
मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
समितिको सदस्यमा करुणा फाउन्डेसनका व्यवस्थापक अजित योञ्जन, मानव अधिकार मञ्चका योगराज सापकोटा, इन्सेकका सुरेश पोर्तेल, नामसालिङ सामुदायिक विकास केन्द्रका अमर देवान, सुनगाभा विकास संस्थाका दुर्गादेवी फुयाँल, गैसस महासङ्घका शशीदेवी घिमिरे, जिल्ला बाल सञ्जालका अध्यक्ष प्रवेश रिजाल, महिला कल्याण समाजका पशुपति भट्टराई, पत्रकार कोकिला ढकाल र ख्याम भुजेल, प्यागका भीम सङ्गम कार्की र अपाङ्ग महासङ्घका सचिव हेमराज अधिकारी रहेका छन् ।
समितिले निर्वाचनमा बालबालिकाको प्रयोग, विद्यालयमा चुनावी कार्यक्रम आयोजना र अपाङ्गतामैत्री मतदान केन्द्रका विषयमा निगरानी गर्ने जनाइएको छ ।
समितिले निगरानी गर्नुअघि जिल्लास्थित राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयलाई सचेत गराउँदै ध्यानाकर्षणपत्र दिने बाटएका छन् |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?