छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली

सारांश

  • काठमाडौँ, ९ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
  • संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘सार्कको प्रभावकारिता र क्षेत्रीय गोष्ठी’ नामक पुस्तकको सार्वजनिक गर्दै उहाँले सार्क राष्ट्रबीच देखिएका असमझदारीलाई न्यूनीकरण गरी आपसी विश्वास, सहयोग र सहकार्यका सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउनुभएको हो ।
  • प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, छिमेकीसँग झगडा भएमा राम्ररी सुत्न सकिँदैन, छिमेकीसँग विश्वासिलो, सुमधुर सम्बन्ध जरुरी छ ।

काठमाडौँ, ९ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘सार्कको प्रभावकारिता र क्षेत्रीय गोष्ठी’ नामक पुस्तकको सार्वजनिक गर्दै उहाँले सार्क राष्ट्रबीच देखिएका असमझदारीलाई न्यूनीकरण गरी आपसी विश्वास, सहयोग र सहकार्यका सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, छिमेकीसँग झगडा भएमा राम्ररी सुत्न सकिँदैन, छिमेकीसँग विश्वासिलो, सुमधुर सम्बन्ध जरुरी छ ।” उहाँले मुलुकको शान्ति र समृद्धिका लागि छिमेकीसँग नेपालको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सार्कको संस्थापक र सक्रिय सदस्य रहेको र सार्क मुलुकको स्रोत र साधनको विकास गर्न सार्कको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालले सार्कको अध्यक्षता गरिरहेको छ, अहिले केही राष्ट्रबीच असमझदारी भएको छ, राष्ट्रबीच आपसी वातावरण अनुकूल पार्न जरुरी छ ।”

प्रधानमन्त्री ओलीले सार्कजस्ता राष्ट्रबीच कहिलेकाहीँ आपसमा मतभेद, असमझदारी भए पनि त्यसलाई घटाएर लगी फलदायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सार्कको प्रभावकारिता र क्षेत्रीय सम्मेलनका संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्कको आवश्यकता सबै राष्ट्रमा भएको र सबै राष्ट्रले आपसमा मिलेर लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुस्तकका रुपमा सार्वजनिक गर्न केही ढिलाइ भए तापनि धेरै मेहनत गरेर निकै उपयोगी पुस्तकका रुपमा प्रकाशन गरेको जानकारी दिनुभयो ।

सभामुख कृष्णबहादुर महराले नेपालले सार्क राष्ट्रको अध्यक्षता गरिरहेको उल्लेख गर्दै दुई÷दुई वर्षमा हुनेपर्नेमा ढिलाइ भएकोप्रति दुःख व्यक्त गर्दै सार्कलाई क्रियाशीलरुपमा अगाडि बढाउनुनपर्ने धारणा राख्नुभयो ।

पुस्तकका सम्पादक लालबाबु यादवले सार्कको दुईदिने गोष्ठीमा भएका सम्पूर्ण गतिविधि सबै राष्ट्रलाई उपयोगी हुने तरिकाले पुस्तकका रुपमा प्रकाशन गरेको बताउनुभयो ।

कार्यक्रममा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेस नेत्री सुजाता कोइराला, सार्क सचिवालयका महासचिव अम्जाद हसैनको उपस्थिति थियो ।

पुस्तकमा जनतादेखि जनतासम्मको सम्बन्धलाई अगाडि बढाउने, वैदेशिक रोजगार, आर्थिक विकास तथा संस्कृतिको विकासलगायतका गोष्ठीमा प्रस्तुत विषयवस्तुलाई समावेश गरिएको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर
एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर
पार्टीभित्रको एकता बलियो बनाउनुपर्छ: सुजाता
पार्टीभित्रको एकता बलियो बनाउनुपर्छ: सुजाता
अफगानिस्तानमा सन् २०१७ मा मात्रै २० सञ्चारकर्मी मारिए
अफगानिस्तानमा सन् २०१७ मा मात्रै २० सञ्चारकर्मी मारिए
गण्डकी प्रदेशले कर्मचारीलाई घुमफिर भत्तामा ९० लाख छुट्यायो
गण्डकी प्रदेशले कर्मचारीलाई घुमफिर भत्तामा ९० लाख छुट्यायो
पैसा दिएर भर्ना भएपछि एमबीबीएसको प्रमाणपत्र पाउने ग्यारेण्टी भएर बाहिर गएका हुन् : गगन थापा (भिडियोसहित)
पैसा दिएर भर्ना भएपछि एमबीबीएसको प्रमाणपत्र पाउने ग्यारेण्टी भएर बाहिर गएका हुन् : गगन थापा (भिडियोसहित)
रोनाल्डो ‘गोल मेसिन’मा लागेको खिया
रोनाल्डो ‘गोल मेसिन’मा लागेको खिया
कर्मचारीमा सङ्क्रमण पुष्टिपछि बैंक बन्द
कर्मचारीमा सङ्क्रमण पुष्टिपछि बैंक बन्द
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
एक हजार चिनियाँ नेपालमा संगठित अपराधमा
एक हजार चिनियाँ नेपालमा संगठित अपराधमा
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,

तपाईंले छुटाउनुभयो कि?