बादलले हार्ने भएपछि बेदुराम भुसालको उम्मेदवारी फिर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बादलले हार्ने भएपछि बेदुराम भुसालको उम्मेदवारी फिर्ता

सारांश

  • काठमाडौं, माघ १५ ।
  • एमाले–माओवादी केन्द्रले राष्ट्रियसभामा प्रदेश–३ का उम्मेदवार बेदुराम भूषालको उम्मेदवारी फिर्ता गराउने भएको छ ।
  • एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित आज विहान बसेको एमाले–माओवादी केन्द्रको कार्यदलको बैठकले भूषालको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो ।

काठमाडौं, माघ १५ । एमाले–माओवादी केन्द्रले राष्ट्रियसभामा प्रदेश–३ का उम्मेदवार बेदुराम भूषालको उम्मेदवारी फिर्ता गराउने भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित आज विहान बसेको एमाले–माओवादी केन्द्रको कार्यदलको बैठकले भूषालको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो ।

वामगठबन्धनको तर्फबाट भूषाल प्रदेश–४ मा खुल्ला तर्फबाट तेस्रो नम्बरका उम्मेदवार छन् । उनीसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसका राधेश्याम अधिकारी प्रतिस्पर्धामा छन् ।

पहिलो नम्बरमा माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ छन् भने दोस्रो नम्बरमा एमालेका बलराम बाँस्कोटा छन् । जित्ने यकिन भएको तेस्रो नम्बरमा भूषाल उम्मेदवार बनाइएका छन् ।

प्रदेश–३ मा सीमित मत भएका नयाँशक्ति, विवेकशील साझा र राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । नेपाल मजदुर किसान पार्टीले पनि कांग्रेसलाई नै समर्थन गर्ने सम्भावना छ । यो स्थितिमा तेस्रो नम्बरको उम्मेदवार भएपनि कांग्रेसका अधिकारी बलियो स्थितिमा छन् । बादल पहिलो प्राथमिकता नम्बरमा भएपनि मत बाँडियो भने उनले हार्ने स्थिति सिर्जना हुनसक्छ ।

एमाले–माओवादी केन्द्रले बादललाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारका रुपमा अघि सार्ने पक्कापक्की छ । पार्टी एकतालाई विना समस्या अघि बढाउनपनि बादलको जितलाई सुनिश्चित गर्नुपर्ने निचोडमा एमाले–माओवादी केन्द्रका नेताहरु छन् । भूषालको उम्मेदवारी फिर्ता भएमा वामगठबन्धनको मत नबाँडिने स्थिति सिर्जना हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट
अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट
राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग
राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग
चार वर्षीय छोरीको हत्या गर्ने बाबु
चार वर्षीय छोरीको हत्या गर्ने बाबु
स्थानीय चुनाब सार्ने सत्ता गठबन्धनको तयारी
स्थानीय चुनाब सार्ने सत्ता गठबन्धनको तयारी
माघ महिनादेखि घर जग्गा किनबेच गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
माघ महिनादेखि घर जग्गा किनबेच गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार
अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री देउवाले बहिनी दुर्गाबाट टीका ग्रहण गरे
प्रधानमन्त्री देउवाले बहिनी दुर्गाबाट टीका ग्रहण गरे
‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो

तपाईंले छुटाउनुभयो कि?