नेपालमा कोरोना संक्रमितको संख्या ३४४८, आज थपिए २१३

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २५, २०७७
|
|
५१ पटक हेरिएको
Shares
नेपालमा कोरोना संक्रमितको संख्या ३४४८, आज थपिए २१३

सारांश

  • नेपालमा कोरोना भाइरसका २१३ जना संक्रमित थपिएका छन् ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज संक्रमित थपिएको जानकारी दिएको हो ।
  • योसँगै कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

नेपालमा कोरोना भाइरसका २१३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज संक्रमित थपिएको जानकारी दिएको हो । योसँगै कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

थपिएका संक्रमित २०९ पुरुष र ४ महिला भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् ।

दैनिक जसो संक्रमितको संख्या ठुलो संख्यामा बढिरहेको छ । विगत दुई दिन यता २ सयभन्दा बढीको संख्यामा संक्रमित थपिएकामा आज २ सयको लाइनमा झरेको छ ।

यसअघि हिजो ३ सय २३ जना संक्रमित थपिएका थपिएको थियो । हिजो ३ हजार संक्रमित सख्या नाघेको थियो ।

देशका ७० जिल्लामा संक्रमित भेटिइकेका छन् । १३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

संक्रमित बढिरहेपनि सरकारले लकडाउन खुकुलो गर्न लागेको हो । लकडाउन गरेको ७५ दिन बितिसक्दा पनि रोकथाममा खासै सफलता हासिल नभएको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?