जनवरी १ देखि मलेसियामा श्रमिकको तलव बढ्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
६९ पटक हेरिएको
Shares
जनवरी १ देखि मलेसियामा श्रमिकको तलव बढ्ने

सारांश

  • मलेसिया ।
  • मलेसिया सरकारले स्वदेशी तथा विदेशी श्रमिकहरूको तलब बढाउने भएको छ ।
  • आगामी जनवरी १ तारिख देखि लागू हुने गरी श्रमिकहरुको तलब बढाउन लागिएको हो ।

मलेसिया । मलेसिया सरकारले स्वदेशी तथा विदेशी श्रमिकहरूको तलब बढाउने भएको छ । आगामी जनवरी १ तारिख देखि लागू हुने गरी श्रमिकहरुको तलब बढाउन लागिएको हो । मलेसियाको मानव संशाधन मन्त्रालयलले जनवरी १ देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट (करिब ३३ हजार नेपाली रुपैयाँ) बनाएको हो ।

मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिङ्गेट छ । तलब वृद्धिसँगै मलेसियामा कार्यरत लाखौं नेपाली कामदारले यसको लाभ पाउनेछन् । मलेसियन सरकारले आगामी वर्ष नेपालबाट थप डेढ लाख नेपाली ल्याउने लक्ष्य राखेको छ ।

वृद्धि भएको तलब मलेसियाको शहरी क्षेत्रका कामदारको हकमा मात्र लागू हुनेछ ।

मलेसियाली मिडिया इन्टेलएसियाका अनुसार न्यूनतम तलब लागू हुने ५७ वटा शहरको नाम सार्वजनिक भएको छ । ती शहरहरुमा जोहोरबरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहट छन् ।

त्यसैगरी अन्य शहरहरुमा क्लुआङ, कुलाई, मुअर, सेगामट, पसिर गुडाङ, कुलिम, सुंगाई पेटानी, लङकवाई, कुवाङ पासु, कोटा भारु, अलोर गजाह, जसीन, हाङ तुह जय, सेरेम्बन, निलाई, पोर्ट डिक्सन, जेम्पोल, कुआन्टन, तेमेरलोह, बेन्टोङ, मनजुङ, क्वाला कंग्सर, ताइपिङ रहेका छन् ।

त्यस्तै तेलुक इन्तान, कङगर, अम्पाङ जय, कजाङ, क्लाङ, सेलयाङ, सुवङ जय, सेपाङ, केमामन, डङ्गन, पडवान, सिबु, समराहन, बिन्टुलु, सन्दकन, तवाउ, लाबुअन र पुत्रजयमा पनि बढेको नयाँ तलबमान लागू हुने छ । हालको सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मजदुरहरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोंगबु हत्या कान्ड भित्रको पूर्ण रहस्य
गोंगबु हत्या कान्ड भित्रको पूर्ण रहस्य
उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
प्रहरीमा भर्ती हुन भर्जि्निटी जाँचपास हुनैपर्ने
प्रहरीमा भर्ती हुन भर्जि्निटी जाँचपास हुनैपर्ने
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
साउन २८ गते बुधवारको राशिफल यस्तो छ
साउन २८ गते बुधवारको राशिफल यस्तो छ
छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा
छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा
विद्यालय भवन हस्तान्तरण
विद्यालय भवन हस्तान्तरण
यसरी १५ हजारभन्दा बढि मतले  जित्दै छन प्रचन्डले चितवनमा चुनाब
यसरी १५ हजारभन्दा बढि मतले जित्दै छन प्रचन्डले चितवनमा चुनाब
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त

तपाईंले छुटाउनुभयो कि?