७३ बर्षको उमेरमा जुल्याह छोरी पाउने आमा?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
१५ पटक हेरिएको
Shares
७३ बर्षको उमेरमा जुल्याह छोरी पाउने आमा?

सारांश

  • नयाँदिल्ली।
  • भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ वर्षीया एक महिलाले जुम्ल्याहा बालिकाको जन्मदिएपछि संसार भर नयाँ तरंग उत्पन्न भएको छ।
  • ७३ बर्षीया यरामती मंगायम्माले बुधबार अस्पतालमा दुई बच्चालाई सिजरिड गरेर सकुसल जन्मदिएको अस्पतालले जानकारी दिएको छ।

नयाँदिल्ली। भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ वर्षीया एक महिलाले जुम्ल्याहा बालिकाको जन्मदिएपछि संसार भर नयाँ तरंग उत्पन्न भएको छ।

७३ बर्षीया यरामती मंगायम्माले बुधबार अस्पतालमा दुई बच्चालाई सिजरिड गरेर सकुसल जन्मदिएको अस्पतालले जानकारी दिएको छ। डाक्टर उमा शंकरले अपरेशन गरी दुवै बालिकालाई सकुशल जन्मदिन सफल भएको बीबीसीले जनाएको छ। बच्चाको अवस्था सामान्य रहेपनि अझै २१ दिन ती बालिका चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने भएका छन।

जुम्ल्याह बच्चाको जन्मदिने बृद्ध महिलाको वल्र्ड रेकडमा यरामतीको नाम लेखिएको बीबीसीले जनाएको छ । यस अघि स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा बिश्व रेकर्ड कायम रहेको थियो। उनले सन २००६ मा ६६ बर्षको उमेरमा जुम्ल्याह बच्चालाई जन्म दिएकी थिइन।

(expertseoinfo.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?