डोटीमा ४६५ महिलासहित ११४० उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
डोटीमा ४६५ महिलासहित ११४० उम्मेदवार

सारांश

  • डोटी, असार ७ – स्थानीय तहको चुनावमा डोटीमा विभिन्न पदमा १ हजार १ सय ४० जनाको उम्मेदवारी परेको छ ।
  • जसमा ४ सय ६५ महिला चुनावी प्रतिस्पर्धामा छन् ।
  • प्रमुखमा दुई, उपप्रमुखमा ३२, वडाध्यक्षमा पाँच, खुल्ला सदस्यमा १२, महिला सदस्यमा २ सय ६ र दलित महिला सदस्यमा २ सय ५ गरी ४ सय ६५ महिला प्रतिस्पर्धामा छन् ।

डोटी, असार ७ – स्थानीय तहको चुनावमा डोटीमा विभिन्न पदमा १ हजार १ सय ४० जनाको उम्मेदवारी परेको छ । जसमा ४ सय ६५ महिला चुनावी प्रतिस्पर्धामा छन् ।

प्रमुखमा दुई, उपप्रमुखमा ३२, वडाध्यक्षमा पाँच, खुल्ला सदस्यमा १२, महिला सदस्यमा २ सय ६ र दलित महिला सदस्यमा २ सय ५ गरी ४ सय ६५ महिला प्रतिस्पर्धामा छन् । दुई नगरपालिका र ७ गाउँपालिका गरी नौ स्थानीय तहका ६५ वडामा उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । जिल्ला निर्वाचन कार्यालय डोटीले दिएको जानकारी अनुसार नौ स्थानीय तहमा प्रमख पदका लागि ४२ उम्मेदवार छन् । उपमेयरमा ३३ जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सवै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच र नयाँ शक्ति नेपालले एक स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाले एक, राप्रपाले एक र नयाँ शक्ति नेपाल पार्टीले एक स्थानमा उम्मेदवारी दिएका छन् । नेपाल दलित पार्टीले दिपायल सिलगढी नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएको छ ।

त्यस्तै वडाध्यक्षका लागि २ सय ३६, महिला सदस्यका लागि २ सय ६, दलित महिला सदस्यका लागि २ सय ५ र खुल्ला सदस्यका लागि ४ सय १४ ले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी नन्दीराज ओझाले जानकारी दिनु भयो । नौ वडा रहेको दिपायल सिलगढी नगरपालिकाको मेयरका लागि ६, उपमेयरका लागि चार, वडाध्यक्षका लागि ३४, खुल्ला सदस्यका लागि ५७, महिला सदस्यका लागि २६ र दलित महिला सदस्यका लागि २६ गरी एक सय ५१ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै ११ वडा रहेको शिखर नगरपालिकामा मेयरका लागि ६, उपमेयरका लागि चार, वडाध्यक्षका लागि ४०, खुल्ला सदस्यका लागि ६९, महिला सदस्यका लागि ३४, दलित महिला सदस्यका लागि ३५ गरी एक सय ८९ जना चुनावी मैदानमा छन् । जिल्लाका पूर्वीचौकी गाउँपालिकाका लागि अध्यक्षमा ४, उपाध्यक्षमा ४, वडाध्यक्षमा २१, खुल्ला सदस्यमा ४०, महिला सदस्यमा २० र दलित महिला सदस्यमा २० गरी एक सय नौ उम्मेद्वार रहेका छन् । त्यस गाउँपालिकामा ७ वडा छन् । यस्तै ५ वडा रहेको बड्डीकेदार गाउँपालिकामा अध्यक्षमा ४, उपाध्यक्षमा ४, वडाध्यक्षमा १७, खुल्ला सदस्यमा ३१, महिला सदस्यमा १६ र दलित महिला सदस्यमा १५ गरी ८७ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाको अध्यक्षमा चार, उपाध्यक्षमा तीन, बडाध्यक्षमा २९, खुल्ला सदस्यमा ४४, महिला सदस्यमा २२ र दलित महिला सदस्यमा २० गरी एक सय २२ जनाले उम्मेदवारी दिएका छन् । यस गाउँपालिकामा ६ वटा वडा रहेका छन् । ६ वडा रहेको सायल गाउँपालिकाको अध्यक्षका लागि तीन जना चुनावी मैदानमा भिड्दैछन् । यस्तै उपाध्यक्षका लागि तीन, वडाध्यक्षका लागि १८, खुल्ला सदस्यका लागि ३१, महिला सदस्यका लागि १६ र दलित महिला सदस्यका लागि १७ गरी ८८ उम्मेदवार चुनावी मैदानमा छन् ।

आदर्श गाउँपालिकाका लागि अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २१, खुल्ला सदस्यमा ३९, महिला सदस्यमा २१ र दलित महिला सदस्यमा १९ गरी एक सय ८ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यस गाउँपालिकामा ७ वटा वडा रहेका छन् । ७ वडा रहेको के आई सिंह गाउँपालिकाको अध्यक्षका लागि ६ र उपाध्यक्षका लागि पाँच जना चुनावी मैदानमा छन । यस्तै वडाध्यक्षका लागि ३२, खुल्ला सदस्यका लागि ५९, महिला सदस्यका लागि ३१ र दलित महिला सदस्यका लागि ३२ गरी जम्मा एक सय ६८ उम्मेदवारहरु रहेका छन । यस्तै ७ वटा वडा रहेको बोगटान गाउँपालिकाको अध्यक्षका लागि ४, उपाध्यक्षका लागि तीन, वडाध्यक्षका लागि २४, खुल्ला सदस्यका लागि ४४, महिला सदस्यका लागि २२ र दलित महिला सदस्यका लागि २१ गरी एक सय १८ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरको ठक्करले नाबालकको मृत्यु
टिपरको ठक्करले नाबालकको मृत्यु
विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो
विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
राेचक समाचार : विवाह गरेकाे एक घण्टापछि बच्चा जन्मियाे, ८ बजे बिहे ९ बजे छोरी जन्मिइन्
राेचक समाचार : विवाह गरेकाे एक घण्टापछि बच्चा जन्मियाे, ८ बजे बिहे ९ बजे छोरी जन्मिइन्
डेङ्गु परीक्षण गर्न ३३१ कीट
डेङ्गु परीक्षण गर्न ३३१ कीट
रास्वपाका ४ सांसदले दिए १५ हजार जरिवाना गर्ने निर्णयविरुद्ध उच्च अदालतमा निवेदन
रास्वपाका ४ सांसदले दिए १५ हजार जरिवाना गर्ने निर्णयविरुद्ध उच्च अदालतमा निवेदन
महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
कोरोना भाइरस : ‘खानेपानी नै छैन, के ले हात धुने ?’
कोरोना भाइरस : ‘खानेपानी नै छैन, के ले हात धुने ?’

तपाईंले छुटाउनुभयो कि?