कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?

सारांश

  • काठमाडाैं ।
  • सार्वजनिक लेखा समितिका सदस्यले महालेखा परीक्षकसँग बेरुजुको मुख्य कारणबारे जानकारी माग गर्दै कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्था केहीले अन्त्य हुन्छ भनी जिज्ञासा राखेका छन् ।
  • वित्तीय जवाफदेहिता, आर्थिक अनुशासन र बेरुजुको विद्यमान अवस्थाबारे छलफल गर्न आज यहाँ आयोजित समितिको बैठकमा सदस्यहरूले अडिटर आउँदा गलत गर्ने व्यक्ति डराउनुपर्नेमा अडिटर नै फर्किनु पर्ने अवस्थाले आर्थिक अनुशासनहीनता बढाएको बताए ।

काठमाडाैं । सार्वजनिक लेखा समितिका सदस्यले महालेखा परीक्षकसँग बेरुजुको मुख्य कारणबारे जानकारी माग गर्दै कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्था केहीले अन्त्य हुन्छ भनी जिज्ञासा राखेका छन् ।

वित्तीय जवाफदेहिता, आर्थिक अनुशासन र बेरुजुको विद्यमान अवस्थाबारे छलफल गर्न आज यहाँ आयोजित समितिको बैठकमा सदस्यहरूले अडिटर आउँदा गलत गर्ने व्यक्ति डराउनुपर्नेमा अडिटर नै फर्किनु पर्ने अवस्थाले आर्थिक अनुशासनहीनता बढाएको बताए ।

बेरुजु भएको मन्त्रालयका प्रशासक कसरी सक्षम भएर अन्य नियुक्ति वा अवसर प्राप्त गर्न सक्छ भन्ने प्रश्न गर्दै उनीहरूले मोबाइल बैंकिङ तथा एटिएमका आधारमा भुक्तानी गर्ने प्रद्धतिलाई आत्मसात् गरिए केही हदसम्म अनियमिता रोकिने धारणा ब्यक्त गरेका थियो ।

मुलुक बिचौलियको प्रभावबाट आक्रान्त रहेकाले अनियमिताका घटना बढेको बताउँदै सदस्यहरूले समयमै बेरुजु फछ्र्योट हुन नसके कसरी असुलउपर हुन्छ भनी जिज्ञासा राखे ।

सो अवसरमा महालेखा परीक्षक टङ्कमणि शर्माले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी कूल बेरुजु रू एक खर्ब १९ अर्ब ७७ करोड रहेको जानकारी दिनुभयो । उनले भने, ‘सङ्घको ५६ अर्ब, प्रदेशको सात अर्ब र स्थानीय तहको ४३ अर्ब बेरुजु देखिएको छ। सङ्घीय, प्रदेश, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको रू ८५ खर्ब बराबरको रकम ‘अडिट’ गर्दा बेरुजु भएको पाइएको हो ।’

नियमनकारी निकाय प्रभावकारी नभएका कारण खर्च पारदर्शी नभइ बेरुजु बढ्न गएको बताउँदै महालेखा परीक्षक शर्माले महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदन संसद् र संसदीय समितिमा छलफल गरी दिइएका सुझाव कार्यान्वयन गरिए मात्रै पनि केही हदसम्म सुधार आउने बताए । ‘नियमनकारी निकाय र प्रणाली फितलो भएका कारण बेरुजु बढ्न गएको हो, जेका लागि रकम लिइएको हो, त्यसमा खर्च नगरी घरजग्गालगायत उत्पादनभन्दा बाहिरी क्षेत्रमा चासो बढी दिइएकाले अहिलेको सङ्कट देखिएको छ’, महालेखा परीक्षक शर्माले भने।

प्रदेश र स्थानीय तहमा एउटै आयोजनामा बजेट दोहोरिने, थपिने र खप्टिने प्रवृत्तिले लागत बढेको उनको भनाइ थियो । कतिपय राष्ट्रिय गौरवका आयोजनाको समेत अझै पनि लागत र समय यकिन हुन नसकेको महालेखा परीक्षक शर्माले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !
डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !
समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो : १० जनाको मृत्यु, १० जना घाइते
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो : १० जनाको मृत्यु, १० जना घाइते
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
प्रधानन्यायाधीश राणाले गरे ९ जना न्यायाधीशको कार्वाहीस्वरुप सरुवा
प्रधानन्यायाधीश राणाले गरे ९ जना न्यायाधीशको कार्वाहीस्वरुप सरुवा
अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने
अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

तपाईंले छुटाउनुभयो कि?