तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
सारांश
- शव्द/तस्वीर : श्रीप्रसाद थापा बुटवल, ४ चैत ।
- बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनल खेल एन्फा एकेडेमी बुटवल देवीनगरमा सम्पन्न भएको छ ।
- खेलको उपाधि रुस्लान थ्रीस्टार क्लबले चुमेको छ ।
शव्द/तस्वीर : श्रीप्रसाद थापा
बुटवल, ४ चैत । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनल खेल एन्फा एकेडेमी बुटवल देवीनगरमा सम्पन्न भएको छ । खेलको उपाधि रुस्लान थ्रीस्टार क्लबले चुमेको छ । शनिबार भएको खेलमा नेपाल पुलिसलाई २–० को गोल अन्तर हराउँदै जित निकालेको हो ।
जितमा पुलिसका टिम क्याप्टेन तथा गोलरक्षक रविन श्रेष्ठले आत्मघाती गोल र थ्रीस्टारका कप्टान निराजन खड्काले १ गोल गरेपछि २–० ले अगाडि रहँदै उपाधि जितेको हो । उपाधि सँगै नगद रु. ७,७७,७७७ पुरस्कारका साथै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले धेरै गोल गर्ने मौका गुमाएको थियो । उपविजेता नेपाल पुलिसले नगद रु ४,४४,४४४ मा चित्त बुझाएको छ । खेलमा उत्कृट खेलाडी नेपाली रुस्लान थ्रीस्टार निराजन खड्का भए उनले एक स्कुटी पनि पाए ।

प्रतिक्रिया