सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
३० पटक हेरिएको
Shares
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !

सारांश

  • परराष्ट्रमन्त्री ज्यू हजुरलाई यसरी सम्मान गर्ने मन त थिएन ।
  • नभए पनि सोध्नैपर्यो सञ्चै आरामै हुनुहुन्छ ?
  • पक्कै पनि सञ्चै आरामै हुनुहुन्छ भन्ने पुर्ण आशा गरेको छु ।

परराष्ट्रमन्त्री ज्यू हजुरलाई यसरी सम्मान गर्ने मन त थिएन । नभए पनि सोध्नैपर्यो सञ्चै आरामै हुनुहुन्छ ? पक्कै पनि सञ्चै आरामै हुनुहुन्छ भन्ने पुर्ण आशा गरेको छु ।

हजुरलाई थाहा होलानी सायद अहिले मलेसियामा इलिगल कामदारलाई कस्तो व्यवहार गर्दैछन् मलेसियाली इमिगेसनले ? किन तपाईंहरु मग्नता हुनुहुन्छ ? कि तपाईंहरुलार्इ आफ्नो नेपाली जनताको अलिकति पनि चासो छैन् ?

नेपालमा रोजगारी नभएपछि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आफ्नो घरायसी समस्याको कारण विदेशिन बाध्य भएका छन् । यतिखेर मलेसियामा इलिगल कामदारलाई पशु सरहको व्यवहार गरि नाङेझार बनाएर तड्पारहेको छ ।

इलिगल हुनु हाम्रो गल्ती त हो, तर पनि साहुको ऋणमा फसेर धन कमाउने सपना बोकेर मलेसिया आउँछन् । नेपालका मेनपावरका दलालीहरुले विभिन्न झुटो आश्वासन देखाएर सक्दो रकम असुल्छन् । यहाँ प्राय कम्पनीमा कमाइ हुन्न, खान समेत पुग्दैन भने कसरी आफ्नो घर व्यवहार टार्ने साहुको ऋण कसरी तिर्ने ? मलेसियामा नेपाली कामदार इलिगल हुनु रहर होइन बाध्यता हो ।
यसरी आफ्नो नेपाली कामदारलाई तड्पाउँदा तपाइईहरु दारु, भारु, सत्ता र भत्ताको मात्र चासो भयो, आफ्नो कामदार जनताप्रति केही गुनासो छैन् तपाईंहरुलार्इं ?

हाम्रो पसिना बेचेर भत्ता खाने तपाइहर्रु सत्ताधारीलाइ धिकार छ । किन यस्तो भेडाबाख्रा बस्ने ठाउँमा नेपाली कामदार आउन रोक नलगाको ? दिन प्रतिदिन यहि ठाउँमा नेपालीहरु कुकुरको जस्तो मरण छ । कहाँ छ सरकार कहाँ छ हाम्रो देश नेपाल ?

सम्पूर्ण सत्ताधारीहरुलाइ के भन्न चाहन्छु भने तत्काल नेपाली कामदारलाई मलेसिया आउन रोक लगायियोस् । र, जति मलेसियामा बस्ने इलिगल कामदारलाई तुरुन्त नेपाल झिकायियोस् सरकार !

आफ्नो नेपाली कामदारको पसिना बेचेर सत्तामा बसेर भत्ता खाने सत्ताधारीहरुलार्इ जानकारी होस् मलेसियामा नेपाली कामदार कुकुर जसरी मर्न आएका होइनन् । विदेसिनु कसैको रहर हुन्न बध्यता हो । दुख गर्न आएका नेपालीमाथि यहाँ गरेको अन्याय र अत्यचारप्रति घोर विरोध गर्दछु ।

यस्तो बेला परराष्ट्र नीति वैदेशिक कुटनीतिक नियोग विभिन्न निकायसँग समन्वय र सहकार्य गरि आफ्नो देशका नागरिकको ज्यानको रक्षा गर्नु सरकार राज्यको दायित्व हो । कर्तव्य हो तर मेरो देश मेरो सरकार कहाँ छ ?

यस्तो भयङ्कर जन्जिरभित्र छट्पटाईरहेका आफ्ना नागरिकप्रति कुनै चासो नदेखाईनु चासो नदिनुमा मेरो गम्भिर आपत्ती छ ।
रमेश खड्का
हाल सिङ्गापुर मलेसिया बडर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा उत्पादित स्यानीटाइजर बिक्रीमा रोक
विराटनगरमा उत्पादित स्यानीटाइजर बिक्रीमा रोक
नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो   
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो  
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
आइसक्रिम चाट्दा ३० दिन जेल
आइसक्रिम चाट्दा ३० दिन जेल
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
पोखरा बिमानस्थल ‘रवीन्द्र’को नाममा राख्न व्यवसायीको माग
पोखरा बिमानस्थल ‘रवीन्द्र’को नाममा राख्न व्यवसायीको माग
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
सडकको अवस्था सुधार गर्न प्रधानमन्त्री ज्यु कडा निर्देशन….
सडकको अवस्था सुधार गर्न प्रधानमन्त्री ज्यु कडा निर्देशन….

तपाईंले छुटाउनुभयो कि?