त्रिभुवन आर्मीसँग सरस्वती क्लव पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
त्रिभुवन आर्मीसँग सरस्वती क्लव पराजित

सारांश

  • काठमाडौं, १३ पुस ।
  • सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सरस्वती क्लबलाई ४–० ले हराएको छ ।
  • एन्फा मैदानमा आज भएको खेलमा आर्मीलाई विजयी गराउन कप्तान खरत खवासले दुई गोल गर्दा नवयुग श्रेष्ठले एक गोल थपे ।

काठमाडौं, १३ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सरस्वती क्लबलाई ४–० ले हराएको छ ।

एन्फा मैदानमा आज भएको खेलमा आर्मीलाई विजयी गराउन कप्तान खरत खवासले दुई गोल गर्दा नवयुग श्रेष्ठले एक गोल थपे । सरस्वतीका ओलुसोला ईब्राहिमले एक आत्माघाती गोल गरेपछि आर्मी ४–० को फराकिलो अन्तरमा विजयी भएको हो ।

लिगअन्तर्गत आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यो खेल जितेको खण्डमा थ्रीस्टार क्लब तालिकाको दोस्रो स्थानमा उक्लिनेछ । लिगमा लगातार ११ खेल जितको मनाङ मस्र्याग्दी क्लबले उपाधि सुरक्षित गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?