नागार्जुन नगरपालिकाको बजेट ९१ करोडः सडक, खानेपानी, ढल निकास, स्वास्थ्य विशेष प्राथमिकतामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
नागार्जुन नगरपालिकाको बजेट ९१ करोडः सडक, खानेपानी, ढल निकास, स्वास्थ्य विशेष प्राथमिकतामा

सारांश

  • काठमाडौं ।
  • सडक, खानेपानी, ढल निकास, स्वास्थ्य र विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिँदै नागार्जुन नगरपालिकाले ९१ करोड रुपैयाँ बराबरको बजेट तयार पारेको छ ।
  • बजेट आज ११ बजे सार्बजनिक गर्ने नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले बताए ।

काठमाडौं । सडक, खानेपानी, ढल निकास, स्वास्थ्य र विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिँदै नागार्जुन नगरपालिकाले ९१ करोड रुपैयाँ बराबरको बजेट तयार पारेको छ ।

बजेट आज ११ बजे सार्बजनिक गर्ने नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले बताए । उनले भने ९१ करोड रुपैयाँ बराबरको बजेट तयार भएको छ । सडक निर्माणका लागि १५ करोड बराबरको बजेट बिनियोजन गरिएको बस्नेतले जानकारी दिए ।
हरेक वडाका पाँच जनालाई सहुलियत ऋण
नागार्जुन नगरपालिकाका १० वटै वडाका बासिन्दालाई स्वावलम्बी बनाउने उद्देश्यले सहुलियत ऋणको व्यवस्था पनि बजेटमार्फत गरिएको छ । त्यसको लागि करिब एक करोड रुपैयाँ छुट्याइएको छ ।

हरेक वडाका पाँच–पाँच जनालाई व्यवसाय गर्न तीनदेखि पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने छ । यसरी ऋण दिँदा समावेशी सिद्धान्तलाई आधार मानिने छ । तर यो योजना यस वर्ष परीक्षणको लागि मात्र ल्याइएको र प्रभावकारी देखिए निरन्तरता दिइने मेयर बस्नेतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?